सदरमुकाम बेनी बजारभित्रको सडकमा एकतर्फी यातायातको नियम लागु गरिएको छ । बेनी नगरपालिकाको कार्यालयमा मङ्सिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बजारभित्रका बढ्दो सवारी चापलाई व्यवस्थित गर्न, सवारी दुर्घटना न्यूनीकरण गर्न एकतर्फी यातायात सञ्चालन सुरू गरिएकोमा ब्यापार–ब्यवसायमा तत्काललाई असर नै गरेपनि बजारबासीले समेत साथ दिएका छन् ।

यसअगाडी एकतर्फी पार्किङको नियम र होटल, फेन्सी, खाद्यान्न, फलफूल व्यवसायीलाई घरभन्दा बाहिर सडक च्यापेर राखिएका होडिङ बोर्ड, जस्तापाटाको छाप्रो हटाउन र पैदलयात्रुका लागि बनाइएको फुटपाथमा सामान नराख्न गरिएको सार्वजनिक अनुरोधलाई समर्थन गदैं घरधनीहरूले सडक अतिक्रमण गरी निर्मित विभिन्न संरचना आफैँ हटाएर नगरपालिकाको अभियानलाई सघाए ।

यातायात आवतजावतलाई व्यवस्थित, सुरक्षित बनाउन गरिएको एकतर्फी अभियान बाहेक बजारभित्र समयानुकुल मर्मत सम्भार तथा स्तरोन्नतिमा भने नगरपालिका र सरोकारवाला निकायले प्राथमिकता दिएको पाइदैन्। वडा नं ७ र ८ को मुख्य र भित्रका अधिकांश सडकहरूको अवस्था समेत सन्तोषजनक छैन ।

बजारभित्र जताततै खाल्टाखुल्टीमा नगरको ध्यान पुग्न सकेको छैन्। दैनिक भिडभाड हुने सडकमा सवारीसाधनलाई आवतजावतमा नै समस्या पर्ने गरी सडक बिग्रिए पछि स्थानीयबासीले पटक–पटक जनप्रतिनिधिलाई गरिएको अनुरोधको बेवास्ताले दुर्घटनाको खतरा बढेको छ । बजारभित्रका जनप्रतिनिधिहरूकै घर अगाडीका खाल्टाखुल्टी छन् ।

खाल्टाखुल्टीका कारण सवारीसाधन अनियन्त्रित हुदाँ दुर्घटनाको जोखिम छ । एकतर्फी पार्किङ र सवारी सञ्चालनको नियम अगाडी नै मर्मत गर्नुपर्नेमा सञचारमाध्यमले तस्वीर र भिडियो सहितको समाचारहरू प्रकाशित तथा प्रशारणले समेत छोएको छैन् । बजारभित्र पुराना स्पिड ब्रेकर हटाइसकेको र नयाँ स्पिड ब्रेकर समेत नभएको अवस्थामा तिब्र गतिका मोटरसाईकल खाल्टोमा परेर यसअगाडी पटकपटक दुर्घटना समेत भएको छ ।

यसअगाडी नगरपालिकाले असारमा बजेट सक्न हतारहतार उपभोक्ता समितिमार्फत गुणस्तरहीन भएकै कारण पुरिएका खाल्टा वर्षासँगै केही महिनामै सडकमा प्वाल देखिएकाले जनप्रतिनिधिको विकासे मोडेलमा समेत गम्भीर प्रश्न उठेको छ । खाल्टाखुल्टी मर्मतमा थोरै बजेट समेत प्रयाप्त हुन्छ ।

बजारभित्र पार्किङ गर्ने सार्वजनिक सार्वजनिक जग्गामा आम्दानीको नाममा संरचना बनाएर नगरपालिकाले भाडामा लगाएको छ । सार्वजनिक पुल र अन्य संरचनाहरूमा ब्यापारीको रजाईमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू टुलुटुलु हेरेर बसेका छन् । आफ्नो नियमलाई लागु गर्न पटक–पटक बजारबासीको घरदैलोमा पुग्दा समेत सरोकारवाला निकायले यसअगाडी प्रयोग गरी हाल अधिकांस बिग्रिएर थन्किएको सिसी क्यामेराको मर्मतमा समेत नजर पु¥याउन सकेका छैनन् ।

सिसी क्यामराको प्रयोग तथा आवश्यकता अनुसार विभिन्न स्थानमा थप गर्नसरोकारवाला निकायले सुझाव दिएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । आफ्नो नियमलाई लागु गर्न सार्वजनिक सूचनामार्फत बजारबासीको ध्यान तान्ने नगरपालिका र सरोकारवाला निकायले एम्बुस बन्दै सडकका खाल्टाखुल्टीको मर्मतमा समयमै ध्यान दिन आवश्यक छ । बेनी साप्ताहिक समाचारपत्रबाट साभार

Leave a Reply