म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका अन्दाजी ७७ बर्षका गोरे थापा मृत भेटिनुभएको छ । ताकमको रत्नेगैरामा आइतबार साँझ मृत भेटिएका थापाको शव परिक्षणका लागि बेनी अस्पताल ल्याइएको छ । इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको टोली अनुसन्धानका लागि सोमबार बिहान ताकम पुगेको छ ।

सडक छेउमा हिडिरहेका थापा लडेको ठाउँ भएर साँझको समय गाडी पार गरेको थियो । प्रत्यक्षदर्शीले गाडी नआउँदासम्म हिडिरहेका थापा गाडी अगाडी पार भइसकेपछि लड्नु र चोटपटक देखिनुमा गाडीको ठक्कर हुन सक्ने अनुमान गरेका छन् । घटनास्थलमा पुगेका प्रहरी निरीक्षक पौडेलले सिसिटिभी फुटेज, शब परिक्षण प्रतिबेदन र प्रत्यक्षदर्शीको भनाईका आधारमा थापाको मृत्युको कारण पहिचान गर्न अध्ययन थालिएको बताए । मृतक थापा बोल्न नसक्ने थिए ।

Leave a Reply