म्याग्दी अर्गनाइजेसन (मोना) युकेको सातौं अधिवेशनबाट अध्यक्षमा कुमार फगामी निर्विरोध निर्वाचत हुनुभएको छ । बेलायतको अल्डर्सटस्थित प्यालेस रेस्टुरेन्टमा भब्यरुपमा सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा लाल बहादुर पुन, उपाध्यक्ष पदम सुन्दर गर्बुजा, महिला उपाध्यक्षः धन कुमारी रोका (धना) महासचिब बिष्णु भण्डारी, सचिबः मन्दिप जुक्जाली, कोषाध्यक्ष सह कोषाध्यक्ष तारा रोका, सांस्कृतिक सचिबः नुनु पाईजा, सदस्यता सचिब तकलाल पुन रहेका छन् ।

अधिवेशनले बेनी नगरपालिका सहित जिल्लाका ५ वटै गाउँपालिकाको नेतृत्व समेत चयन गरेको छ । निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यलाई निर्वाचन समितिका संयोजक उमेश रानाले सपथ ग्रहण गराएका थिए । अधिवेशनको उद्घाटन गदैं एनआरएन यूकेका पूर्व अध्यक्ष एवम् मोना आइइसीका पूर्व अध्यक्ष योगेन क्षेत्रीले मोनामार्फत जन्मभूमी म्याग्दीमा धेरै काम भएको बताउनुभयो ।

अधिवेशनमा मोना यूकेका निबर्तमान अध्यक्षहरु योग कुमार फगामी, उमेश राना, एनआरएन यूकेका सल्लाहकार सुमन पुन, मोना आइइसीका क्षेत्रीय सदस्य विष्णु भण्डारी लगायत मोनाका सल्लाहकारको उपस्थिती रहेको थियो । अधिवेशनमा निर्वतमान उपाध्यक्ष होम रोकाले स्वागत, महासचिव लाल पुनले प्रगति र कोषाध्यक्ष पदम सुन्दास गर्बुजाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै विधान समितिका संयोजक धन पुनले विधान प्रस्तुत गरेको विधान सर्वसम्मतिले पारित भएको छ ।

अधिवेशनमा निर्वतमान अध्यक्ष दल जुग्जालीले आफ्नो कार्यकालको अन्तिमतर्फ कोरोनाको महामारीले धेरै प्रभावित बनाएपनि कार्यकाल भब्य रुपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो । मोना यूकेले रेडक्रस सोसाईटी म्याग्दीलाई ३ वटा एम्बुलेन्स सहित विभिन्न सामाजिक तथा मानवीय सेवा र विकास निर्माणका क्षेत्रमा समेत कराडौं सहयोग गरेको छ । नवनिर्वाचित अध्यक्ष फगामीले आफ्नो कार्यकालमा पुराना कार्यक्रमहरुलाई निरन्तरता सहित थप योजना लिएर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Leave a Reply