म्याग्दीमा जनगणनाको क्रममा छुटेकाले सामाजिक सञ्जालमा गुनासो गर्न थालेपछि जनगणना कार्यालयले छुटेकालाई सम्पर्कमा आउन अनुरोध गरिएको छ । म्याग्दी जिल्लामा ४७ सुपरिवेक्षक र १ सय ८६ गणक घरदैलोमा परिचालन गरी सबै घरदैलोमा पुगेको अवस्थामा छुटफुट भएमा कार्यालयमा सम्पर्क गर्न वा केन्द्रिय तथ्यांक विभागको ‘११७८’ मा कल गरेर गुनासो टिपाउन समेत सकिने जनाइएको छ ।

‘खटिएका सुपरभाईजर र गणकहरु घरघरमा पुग्नुभएको थियो,‘सामाजिक सञ्जालमा छुटेको गुनासो गर्नेहरुलाई सम्पर्क गरिसकिएको छ’ कार्यालय प्रमुख जिल्ला जनगणना कार्यालयका सहायक प्रमुख केशबबहादुर बुढाथोकीले भन्नुभयो ।

आफ्नो घरमा गणक नआएको गुनासो आएमा गणकलाई सो घरमा पठाइने भएकाले सम्पर्क गरी अभियानमा साथ दिन समेत अनुरोध समेत गर्नुभएको छ । करिब एकसातासम्म छुटेको विवरण संकलन गरिने बताउनुभयो । केन्द्रिय तथ्यांक विभागले समेत सूचनामार्फत छुटेका विवरण संकलन अभियान जारी रहेको जनाएको छ । म्याग्दीमा गणना अवधिभर निकै उत्साहजनक सहभागी रहेको कार्यालयले जनाएको छ ।

Leave a Reply