आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०७६÷७७ मा म्याग्दीका एक करदातालाई सम्मान गरेको छ । कर कार्यालयमा आयोजित कार्यक्रममा मनकामना पुस्तक पसल÷माछापुच्छ्रे निर्माण सेवाका सञ्चालक कलाधर आचार्यलाई सम्मान गरिएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

दशौं कर दिवसको अवसरमा आयोजित कार्यक्रममा कर कार्यालयका प्रमुख शाकिलराम आचार्यले कदरपत्र प्रदान गर्नुभएको थियो । सम्मान कार्यक्रममा म्याग्दी उवासंघका अध्यक्ष बेलबहादुर कटुवाल,जिल्ला कार्यसमिति सदस्य मोतिलाल पौडेलको उपस्थिित रहेको थियो ।

Leave a Reply