नेपाली काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशनको उद्घाटन सत्रमा निर्बिरोध नभएका पदमा सहमति र सहकार्यबाटै अगाडी बढ्ने प्रतिबद्धता जनाएको केही घण्टामै नेताहरू पुरानै अडानमा फर्किएका छन् ।

अधिवेशनमा आएका साढे सात सय प्रतिनिधि सहित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले सहमतिबाट अधिवेशन सम्पन्न गर्न गरेको अनुरोधलाई बेवास्ता गदैं बुधबार मध्यरातसम्म भएको छलफलमा उम्मेदवारले समेत आफ्नो मनोनयन दर्ता फिर्ता नहुने र सहमतिको नाममा राजनीतिक केरियर समाप्त हुने भन्दै निर्बिरोध नभएका पदमा मतदानबाट टुङ्गो लगाउन भने तयार रहेको बताएको एक नेताले बेनीअनलाइनलाई बताए ।

‘पार्टीको एकता र सहकार्य भन्दा यो हुन्छ, त्यो हुदैन भन्ने सम्मको अवस्था आएको छ,‘पार्टीभित्रको एकतालाई नोमिठने प्रयास भइरहेको छ’ छलफलमा सहभागि नेताहरुको भनाई उद्धित गदैं एक महाधिवेशन प्रतिनिधिले भने ।

उपसभापति पदका उम्मेदवार भावि सभापति पनि भएकाले र अर्को कार्यकालमा वर्तमान सभापति खम्बीर गर्बुजा दोहोरिन नपाउने भएकाले पनि मैदानबाट नभाग्ने भन्दै उम्मेदवारले समेत नेतृत्वको सहमति आफ्नो अनुकुल खोजीरहेका छन्।

जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) दोस्रो कार्यकालका लागि सर्बसम्मत चयन भएपछिको अवस्थामा सहमतिको वातावरण झनै कमजोर भएको नेताहरूको भनाई छ । स्थानीय तहका जनप्रतिनिधिले पार्टीलाई एकताबद्ध बनाएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नुपर्ने भन्दै कुनैपनि हालतमा मतदान प्रक्रियामा प्रवेश गर्न नहुने भन्दै नेतृत्वलाई चेतावनी दिएको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

‘अहिलेको अवस्था एकता र सहकार्य हो,‘अझैपनि समय छ’ रोकाले भने । अधिवेशनमा नौ जना जिल्ला कार्यसमिति सदस्य र तीन जना महाधिबेशन प्रतिनिधी पनि सर्बसम्मत भएका छन् । जिल्ला सदस्यका आकाक्षीहरु सहमतिका लागि तयार देखिएपनि उपसभापति, सचिब, सहसचिब र महाधिबेशन प्रतिनिधीमा चुनाव हुने सम्भावना बढेका नेताहरुले बताएका छन् । सहमतिका लागि बिहिबार बिहान ९ः३० सम्मको समय दिइएको निर्बचन समितिले जनाएको छ ।

बुधबार नै महिला सदस्यतर्फ बेनी नगरपालिकाकी मनकुमारी तुलाचन, धवलागिरीकी रामदेबी पुन, अन्नपूर्णकी पुष्पा बानिया बरुवाल, मालिकाकी मनरुपा पुन, चमु पुन, मंगलाकी युगकुमारी सेन, खसआर्य तर्फका सदस्यमा लक्ष्मीकुमारी केसी, आदिवासी जनजाती महिला सदस्य तुलसीदेबी पुर्जा र ललिता तिलिजा सर्बसम्मत चुनिएका छन् ।

महाधिबेशन प्रतिनिधीतर्फ दलित कोटामा यामबहादुर हर्मेल, श्रीलोकचन्द्र बिश्वास बिक र अपाङ्ग (अन्य) सुरेन्द्र खत्री चयन हुनुभएको छ । दुई जना उपसभापतिमा डमबहादुर पुन, हरिकुमार श्रेष्ठ, माधबप्रसाद रेग्मी, मिनबहादुर कार्की, कर्णबहादुर भण्डारी केबी र कमल छन्त्यालको उमेद्वारी परेको निर्बाचन समितिका सदस्य प्रकाश सुबेदीले बताए ।

त्यस्तै दुई जना सचिब पदमा भरत रकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुबेदी र हिराबहादुर पुन, दुई जना सहसचिबमा श्रीराम पौडेल, ध्रुबराज कार्की र कोमलप्रसाद उपाध्यायको उमेद्वारी परेको छ । २ जनाको कोटा रहेको बेनी नगरपालिकाबाट जिल्ला सदस्यमा सोमबहादुर हुमेन क्षेत्री, रुद्रप्रसाद शर्मा, लिलाबहादुर बानिया, एक जनाको कोटा रहेको रघुगंगाको अन्य सदस्यमा नरसिंहबहादुर खत्री र मनबहादुर शेरपुञ्जा, एक जनाको कोटा भएको अन्नपूर्णको जिल्ला सदस्यमा अमृत पाइजा, गमबहादुर फगामी पुन र रामबहादुर खड्काले मनोनयन दर्ता गरेका छन् ।

एक जनाको कोटा रहेको मंगलाको अन्य तर्फका सदस्यमा पुस्करबहादुर पुन र मेखबहादुर बुढाथोकी, खसआर्य अन्यको एउटा जिल्ला सदस्यमा हेमबहादुर खत्री (गोपाल) र सम्मरबहादुर थापा, दुई जनाको कोटा रहेको आदिवासी जनजाती जिल्ला सदस्यमा सिंहबिर बुढाथोकी, पुर्णबहादुर तिलिजा पुन र बिलबहादुर फगामीले मनोनयन दर्ता गरेका छन् ।

एक जना दलित सदस्यमा टंकप्रसाद नेपाली बुढाथोकी र बालकुमार लामिछाने, एक जना अल्पसंख्यक अपाङ्गता तर्फको सदस्यमा दिलिप गौचन, ज्ञान गिरी र अमृतमान शेरचनले मनोनयन दर्ता गरे । ४ जना महिला केन्द्रिय महाधिबेशन प्रतिनिधीका लागि बिमला गौचन, खिमाकुमारी पुर्जा, देबीकुमारी बुढा, कुशुम मल्ल क्षेत्री, धनकुमारी थापा, सुवा मल्ल, सृजना श्रेष्ठ र सुजता खत्रीले उमेद्वारी दर्ता गरेका छन् ।

१० जना खुल्ला महाधिबेशन प्रतिनिधीमा राजेन्द्र श्रेष्ठ, शिब के.सी., चिरञ्जिबी शर्मा, उदिमबहादुर पुन, बिपिन खड्का, मुकुन छन्त्याल, जिबनकुमार मल्ल, मनमोहन बुढाथोकी छन्त्याल, रबिन्द्र गर्बुजा पुन, लालबहादुर थापा क्षेत्री (माइकल), श्रीप्रसाद रोकामगर, धनबहादुर छन्त्याल, बिरबहादुर बिश्वकर्मा (कमल), बिक्रम बोगटी, दिपेन्द्र शर्मा रिजाल, मानकाजी घिमिरे, रमेशकुमार श्रेष्ठ, रेशमबहादुर बानिया र नेत्रबहादुर महतले मनोनयन दर्ता गरे ।

एक जना खसआर्य महिला महाधिबेशन प्रतिनिधीका लागि बिनाकुमारी खड्का र सुनिता भण्डारी खत्रीले उमेद्वारी दिएका छन् । २ जना अन्य महाधिबेशनका लागि बलभद्र ढकाल, चित्रबहादुर केसी, नारायणकुमार कार्की र निमल खत्रीले मनोनयन दर्ता गराएका छन् ।

२ जना आदिवासी जनजाती महिला महाधिबेशन प्रतिनिधीमा ओमकुमारी फगामी, पुनमकुमारी मगर खोरजा र केशमाया मगरले उमेद्वारी दर्ता गरेका छन् । ३ जना आदिवासी जनजाती महाधिबेशन प्रतिनिधीका लागि भिमबहादुर रोका, बमबहादुर पुनमगर, दिपेन्द्र श्रेष्ठ (दिपु), दिपबहादुर छन्त्याल र अमृतकुमार श्रेष्ठले दाबी गरेका छन् । १ जना दलित महिला महाधिबेशन प्रतिनिधीमा सम्झना परियार र मनकुमारी बिक, मुस्लिम अल्पसंख्यक एक जनाको कोटामा अञ्जित खान र स्टालिन शेरचनको उमेद्वारी परेको छ । महाविधेशन प्रतिनिधिमा जिल्लाभित्र भन्दा पनि बाहिर बस्नेहरुको दवाव रहेको छ । जिल्लामा सक्रिय भएकालाई पावर देखाएर ओझेलमा पार्ने प्रयास गरिएको छ ।

 

Leave a Reply