बाल अभियान प्रेन्सा रेग्मीलाई एक कार्यक्रमका बीच समाजसेवी हिमालयबहादुर पाण्डेले सहयोग हस्तान्तरण गरेका छन् । गत कार्तिक ७ गते योहो टेलिभिजनमा प्रशारण भएको अन्र्तवार्ताबाट प्रभावित पाडेले उनको सामाजिक अभियान अझै अघाडि बढाउन सहयोग पुगोस् भनेर सहयोग गरेको बताए ।

उनी हुन् पोखराकी प्रेन्सा रेग्मी, उमेर हेर्दा सानी तर,उनको काम हेर्दा र कुरा सुन्दा कुनै परिपक्क व्यक्ति भन्दा कम छैन् । नौ वर्षकी प्रेन्साले सामाजिक कार्यमार्फत छुट्टै पहिचान बनाएकी छन् । नौ वर्षकी पे्रन्सा यतिबेला बाल समाजसेवी भनेर चिनिएकी छन् ।

उनको बोल्ने शैली समाजप्रतिको बुझाइ र चासोबाट प्रभावित भइ सामाजिक कार्यलाई अझ बलियो बनाउनको लागि सहयोग गर्नेहरु दिन प्रतिदिन बढिरहेका छन् । मंगलबार योहो टेलिभिजनका अध्यक्ष आङ काजी शेर्पा र प्रधानसम्पादक जीवराम भण्डारीको उपस्थितिमा समाजसेबी हिमालय बहादुर पाडेले प्रेन्सालाई पाँच लाख सहयोग हस्तान्तरण गरेका छन् । उनको क्षमता अभिबृद्धिमा सो रकम खर्च हुने अपेक्षा पाण्डेले व्यक्त गरे ।

सानै उमेरकी प्रेन्साको सामाजिक काम हेर्दा जोकाही पनि एकछिन अलमलाउने गर्छन् । उनी निकै आत्मविश्वासी देखिन्छिन्। उनले गर्ने हरेक कुरामा अर्थपूर्ण हुन्छ । उनको कामप्रति समान गर्दै योहो टेलिभिजनका प्रधानसम्पादक जिवराम भण्डारी यस्तो भन्छन् ।

यस अघि पनि धेरै समाजसेबी काम गरिसकेकी प्रेन्साले यसरी आफुलाई सहयोग पाउदा उत्साहित भएको बताउछिन् । समाजमा भएका समस्यालाई सहयोगी काम गर्दा मनमा हौसला प्रदान हुने उनी बताउछिन् । ५ लाख रुपैया सहयोग भएको रकम सबै आफुले विद्यालयका विभिन्न काममा खर्च गर्ने बताइन् । प्रेन्साले सामाजिक संजाल र केही सभा समारोहमा बोलेका कुराले देश प्रेमको भाव जोगाउने गरेका पाइन्छ । उनको यो कामलाई धेरैले उदारणीय मानेका छन् । Source:yohokhabar.com

 

Leave a Reply