म्याग्दी प्रबासी नेपाली संघ,अन्तर्राष्ट्रिय कार्यकारी समितिका नबनिर्बाचित पदाधिकारीहरुले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिस्टाचार भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् । म्याग्दीमा जन्मिएर विश्वका विभिन्न देशमा कार्यरत म्याग्देलीको साझा संस्था मोनाका अध्यक्ष अम्मर छन्त्यालको नेतृत्वमा प्रधानमन्त्री निवाश बालुवाटारमा पुगेर भेटघाट गदैं मोनाका गतिविधिका बारेमा जानकारी गराएको सचिवालयले जनाएको छ।

भेटघाटमा उपाध्यक्ष सुर्य भट्टचन, ई.नन्द गर्बुजा, कोषाध्यक्ष महेन्द्र खड्का लगायतको उपस्थिती रहेको थियो । उक्त अवसरमा मोनाको इतिहास, स्थापनादेखि हालसम्म गरेका सम्पादन, सामाजिक एवम् परोपकारी गतिविधिका बारेमा अध्यक्ष छन्त्यालले प्रवासी नेपालीको भौतिक जिवन प्रवासमा भएपनि तनमन र धन नेपालमै रहेकाले लगानी प्रर्वधनका लागि सहज हुने गरी दोहोरो नागरिकता उपलब्ध गराउन अनुरोध अनुरोध गर्नुभएको थियो ।

उहाँले गतबर्ष बाढीपहिरोबाट विस्थापितको संरचना बनाउन राज्यको निकायलाई प्रवासीले सहयोग गरेको बताउँदै भविस्यमा पनि निरन्तर सक्रियता देखाउने बताउनुभयो । सोही अवसरमा प्रधानमन्त्री देउवाले दोहोरो नागरिकताका लागि दुईतिहाईको सहयोगमा प्रवासी नेपालीको समस्या समाधान गर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले सामाजिक एवम् प्राकृतिक विपत्तीमा परेका नागरिकलाई उद्धार र पुर्नवासमा समेत मोनाको सहयोगबाट राज्यको अभियानमा सहयोग मिलेका भन्दै प्रशंसा गर्नुभएको थियो । ‘म्याग्दीको विकासमा मैले पनि प्राथमिकता दिन्छु, तपाईहरुले पनि सक्ने सहयोगलाई थप निरन्तता दिनुहोस्’ नेपाली कांग्रेस म्याग्दीका सभापति गर्बुजाले भन्नुभयो । म्याग्दी जिल्लामा विकास निर्माण सहित सबै स्थानीय तहमा आवश्यक बजेटका बारेमा जानकारी सहित थप विवरण उपलब्ध गराउन समेत प्रधानमन्त्री देउवाले मागेको सभापति गर्बुजाको भनाई छ ।

भेटघाट कार्यक्रमको संयोजन नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाले गर्नुभएको थियो । सोही अवसरमा नेपाली कांग्रेस म्याग्दी काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष चित्रबहादुर केसी, रघुगंगा गाउँपालिका वडा नं ३ का अध्यक्ष जिवनकुमार शाही, सहकारकर्मी दिपबहादुर छन्त्याल लगायत समेत सहभागि थिए ।

Leave a Reply