म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। कोरियन नागरिक जङयोङ चोल र लिङ जङ्भीको आर्थिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो।

शिविरको समन्वय गुर्जामा जन्मिएर पोखराको चरक अस्पतालमा कार्यरत डा लोकेन्द्र छन्त्यालले गरेका हुन्। वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार शिविरमा स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको थियो। गुर्जा स्वास्थ्यचौकीका अनमी चोलमाया छन्त्यालले समेत सो कार्यमा सहयोग गरेका थिए।

विगत वर्षमा नेपाल भ्रमणमा आउँदा गुर्जाको शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउँदा आएका कोरियन नागरिकले यस वर्ष स्वास्थ्य शिविर आयोजना गरेका हुन्। रोजगारको सिलसिलामा कोरियामा बसेर फर्किएका स्थानीय हिराबहादुर छन्त्याल र रेशम छन्त्यालको सक्रियतामा शिविर सम्पन्न भएको हो।

Leave a Reply