म्याग्दी प्रबासी नेपाली संघ,अन्तर्राष्ट्रिय कार्यकारी समितिका नबनिर्बाचित पदाधिकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । म्याग्दीमा जन्मिएर विश्वका विभिन्न देशमा कार्यरत म्याग्देलीको साझा संस्था मोनाका अध्यक्ष अम्मर छन्त्यालको नेतृत्वमा राष्ट्रपति निवास शीतल निवासमा पुगी राष्ट्रपतिस शिस्टाचार भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेको मोनाले जनाएको छ ।

भेटघाटमा प्रमुख संरक्षक ओमनारायण जुग्जाल,उपाध्यक्ष ई. नन्द गर्बुजा, कोषाध्यक्ष महेन्द्र खड्क र कार्यालय सचिव स्तुती सुबेदीले मोनाको इतिहास, स्थापनादेखि हालसम्म गरेका सम्पादन, सामाजिक एवम् परोपकारी गतिविधिका बारेमा जानकारी गराइएको मोना सचिवालयले जनाएको छ ।

भेटघाटमा मोनाका अध्यक्ष छन्त्यालले प्रवासबाट जन्मभूमिमा सक्ने सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै नेपाल सरकारका विभिन्न सामाजिक एवम् प्राकृतिक विपत्तीमा परेका नागरिकलाई उद्धार र पुर्नवासमा समेत मोनाले ठूलो सहयोग गरेको बताउनुभयो । भेटघाट कार्यक्रमको संयोजन प्रतिनिसभा सदस्य एवम् पूर्व मन्त्री थममायाँ थापाले गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले म्याग्देलीले आफ्नो जन्मभूमीमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

यसैबीच मोनाका नवनिर्वाचित पदाधिकारीलाई नेपाली कांग्रेस म्याग्दी काठमाण्डौ सम्पर्क समितिले समेत बधाई तथा शुभकामना ज्ञापन गरेको छ । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा सहितको उपस्थिती रहेको थियो भने अध्यक्षता समितिका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताले मोनामार्फत म्याग्दीमा थप सहयोग तथा सक्रियता आवश्यकता रहेकोमा जोड दिएका थिए ।

Leave a Reply