३१ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस २०७८ को अबसरमा बेनीमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । शुक्रबार दिवसको अबसरमा श्री कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्र बेनीको आयोजनामा करिव डेढ सय जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको हो । शिबिरको उद्घाटन गर्दैै प्रमुख अतिथि बेनी नगरपालिकाका उप प्रमुख सञ्जु बरुवालले जेष्ठ नागरिकहरुलाई सधै सम्मान गर्नु पर्ने बताउनुभयो । उहाँले अहिले घरपरिवादेखि अपहेलित भई बृद्धहरु बिभिन्न आश्रममा बस्न बाध्य भएका र त्यहाँ कष्टकर जिबनमा बाँचेकाले तिनिहरुको जिबन रक्षाको पुर्ण ग्यारेन्टी सरकारले लिनुपर्ने बिचार ब्यक्त गर्नुभयो । बरुवालले बुढेशकालका बाबाआमालाई घरमै खुसीका साथ बस्ने वातावरण तयार गर्नु आजको आबश्यकता भएको भन्दै नगरपालिकाको तर्फबाट जेष्ठ नागरिक लक्षित बिभिन्न कार्यक्रम संचालन भईरहेको पनि जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रबक्ता एबँ वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईलीले वडा नं ८ मा २ बर्ष लगाएर निर्माण सम्पन्न भएको जेष्ठ नागरिक सेवा केन्द्रको भवनमा दिवस मनाउन पाउँदा खुसि लागेको बताउँदै यस भवन निर्माणमा सहयोग गर्ने बेनी नगरपालिका र गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयका तत्कालिन सामाजिक बिकास मन्त्री नरदेबि पुनलाई आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, सामाजिक बिकास कार्यालय बेनीका प्रमुख रमेश थापा, स्वास्थ्य कार्यालय म्याग्दीका नि.जनस्वास्थ्य अधिकृत विजया पराजुली, ब्रह्माकुमारी ईश्वरीय विश्वबिद्यालयका बेनीका रिना दिदी लगाएतले जेष्ठ नागरिकको अधिकार र सुरक्षामा सबै सचेत हुनुपर्ने औल्याउनु भएको थियो ।
शिबिरमा बेनी अस्पतालका हेल्थ असिस्टेन्ट भुमिकला रोकाले जेष्ठ नागरिकहरुको ब्लड प्रेसर, अक्सिजन लेबल लगाएतको जाँच गरि स्वास्थ्य मरामर्श दिनुभएको थियो । त्यस्तै नेत्र ज्योति संघ म्याग्दीका प्रमुख दिनेश बानीयाँले जेष्ठ नागरिकहरुको आँखाको परिक्षण गर्नु भएको थियो । परिक्षणका क्रममा आँखा सम्बन्धी समस्या देखिएकालाई आँखा अस्पतालमा थप उपचारका लागि बोलाइएको बानीयाँले बताउनुभयो । शिबिरमा बेनी नगरपालिका भित्रका करिव डेढ सय जेष्ठ नागरिकहरुको उपस्थिति रहको थियो । टाढा बाट आउनेहरुका लागि यातायात खर्चको समेत ब्यबस्था गरिएको केन्द्रका सचिव पुर्ण बहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार दिवस मनाउनका लागि बेनी नगरपालिका तथा वडा नं ७ र ८ ले आर्थिक सहयोग उपलब्ध गराएको छ । उदघाटन कार्यक्रम श्री कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष नैनकुमार श्रेष्ठको स्वागत र सल्लाहकार सुदर्शन कुमार श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । अमित बिश्वकर्मा

Leave a Reply