पर्वतको जलजला गाउँपालिकामा-३ वारीबेनीमा रहेको रारा अटोमोवाईल्सको ग्यारेज माथिबाट खसेको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । ग्यारजेमा बोलेरो जिप मर्मतको लागि आएका म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ राम्चेका ३७ बर्षिय टेकमान गर्वुजाको निधन भएको इलाका प्रहरी कार्यालय वारी बेनीका सइ भरत गौतमले जानकारी दिए ।


ग्यारेजमा मर्मतका लागि आएको ग १ ज६६३२ को बोलेरो जिप पुरिदा टेकमान गर्वुजाको निधन भएको हो । ढिस्को खस्दा रारा अटोमोवाईल्समा काम गर्दै आएका दुई जना घाईते भएका छन् । घाईते भएका नङकी खान र राजीव ठाकुरलाई उपचारको लागि म्याग्दीको बेनी अस्पतालमा लगिएको छ ।ढिस्कोले भ्यान, ग्यारेजको भौतिक संरचना, मेसिनसमेत गरी लाखौकाे क्षति पु¥याएको छ।

Leave a Reply