सुशीलबाबू थकाली\मुस्ताङ जिल्ला थासाङ गाउँ पालिका-३ लेते प्राथमिक स्वास्थ्य चौकिको लागि करिब दुई लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग उपलब्ध भएको छ ।

स्वास्थ्य चौकिको लागि नेपाली काँग्रेसका पुर्व महामन्त्री डा. प्रकाशसरण महतद्वारा करिब २ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग भएको हो । कोरोना भाइरस रोकथाम तथा व्यवस्थापनको केन्द्रीय संयोजक समेत रहनुभएका महतद्वारा एक थान (दश लिटर) बराबरको अक्सिजन कन्सिट्रेटर र एक हजार थान एन ९५ मास्क सहयोग गरेका हुन्।

महतको पहलमा अहिले देशव्यापी रूपमा आवस्यकता अनुसार महत्त्वपूर्ण स्वास्थ्य सामाग्रीहरु सहयोग अभियान सुरु भएको छ । हाललाई धौलागिरीका चार जिल्लामा अक्सिजन कन्सिट्रेटर र मास्क सहयोग भएको मुस्ताङ जिल्ला कोभिड व्यवस्थापन संयोजक पुर्ण कुमारी गौचनले बताइन् ।

हाल कोरोना भाइरस कोभिड-१९ को दोस्रो लहरको महामारी चलिरहेको र व्यवस्थापन नभएको अवस्थामा पार्टीभन्दा पनि व्यक्तिगत चासो र सक्रियतामा स्वास्थ्य सामाग्रीहरु सहयोग गर्दै आइरहेको गौचनले बताइन् । हाल जिल्लालाई भने जति उपलब्ध गराउन नसकेपनि बिस्तारै त्यो सम्भव हुने गौचनले बताइन्, उनले भनीन- धौलागिरीमा१/१ थान गरि चार थान अक्सिजन कन्सिट्रेटर र मास्कहरु सहयोग भएको छ ।

साथै उपलब्ध (N-95) मास्क मध्य चार सय थान लेते स्वास्थ्य चौकी र बाकी मुस्ताङ जिल्लाका प्रत्येक स्वास्थ्य चौकिमा आवस्यकता अनुसार उपलब्ध हुने गौचनले बताइन् । महामन्त्री महतद्वारा सहयोग उपलब्ध भएको स्वास्थ्य सामाग्रीले मुस्ताङ जिल्लाका जनताहरुलाइ थोरै भएपनी टेवा पुग्ने गौचनको धारणा रहेको छ ।

Leave a Reply