म्याग्दीमा बिहिबार भेटिएका ११ संक्रमतिमध्ये ८ जना सदरमुकाम बेनी आसपासका छन् । गएको सोमबार रुघा र ज्वरो देखिएपछि बेनी अस्पतालमा पुगेका सदरमुकाम बेनी नगरपालिका भित्रका १५ जना बिरामीको अस्पतालको प्रयोगशालामा एन्टिजेन्ट परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो।

एन्टिजेन्टमा कोरोना देखिएपछि गरिएको पिसिआर समेत पोजेटिभ आयो। ७ जनाको एन्टिजेन्ट स्किृनिङको क्रममा ४ जनाको कोरोना पुष्टी भयो। शुक्रबार भेटिएका दुई संक्रमति समेत बेनी नगरपालिका भित्रकै छन् । एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण टेष्टको विश्वसनीयता पीसीआर परीक्षण सरह हुने गरेको यो नतिजाले समेत प्रष्ट पार्छ ।

संक्रममितको अवस्था हेर्दा बेनीबजार नै हटस्पट’ बन्ने जोखिम बढेको छ । सामान्य रुघा, खोकी र ज्वरोका बिरामीअस्पतालको ओपिडीमा चेकजाँचको क्रममा दैनिकजसो संक्रमति भेटिन थालेपछि जोखिम भयावह हुने अवस्था देखिएको स्वास्थ्य कार्यालय म्याग्दीमा निमित्त प्रमुख एकनारायण लम्सालले बताए।

अनिवार्य मास्क लगाउने, हात धुने र सामाजिक दूरी कायम गर्ने नियम बनाए पनि त्यसको कार्यान्वयनमा सर्वसाधारणले चासो नदेखाउदाँ समस्याहरु बल्झिदै गएको उनले बताए। एन्टिजेन्ट परीक्षणमा देखिएको नतिजाले तत्काल सावधानी नअपनाए समुदायमा कोरोना फैलिने चेतावनी समेत चिकित्सकले दिएका छन् ।

म्याग्दीमा हालसम्म २२ जनाभन्दा बढी संक्रिय संक्रमति छन् । जिल्लाको ग्रामिण क्षेत्रबाट उपचारका लागि पोखरा जानेहरुमा समेत कोरोना पुष्टी भएको अवस्थामा ब्यक्तिगत सर्तकता नै अहिलेको प्रमुख आवश्यकता रहेको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालको भनाई छ ।

बेनी अस्पतालमा पछिल्लो समय बिरामीको चाप ह्वात्तै बढेको अवस्थामा अनिवार्य मास्क लगाएर आउन र भौतिक दुरीमो ध्यान दिन समेत अपिल गदैं अति आवश्यक परेमात्रै अस्पतालको सेवा लिनुपर्ने अवस्था आउने जोखिम रहेको बताए ।

एन्टिजेन परीक्षणका देखिएको कोरोनाको नतिजाले बेलमै होस नपु¥याए भयावह अवस्था आउने जोखिम रहेको बेनी अस्पतालका चिकित्सकले बताएका छन्। नगरपालिका आसपासका क्षेत्रमा जोखिएको जोखिमलाई मध्यनजर गरी समुदायमा संक्रमणको अबस्था बुझ्न ’कम्युनिटी टेष्ट स्किृनिङ’ गरिएको छ ।

छिमेकी राष्ट्र भारतसँग सिमाना जोडिएका जिल्ला सहित कोरोना संक्रमण फैलिरहेका जिल्लाबाट प्रवेश गर्ने व्यक्तिले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने व्यवस्था लागु गरेमा कोरोनाको जोखिम न्यूनिकरणमा सहज हुने जानकारहरु बताउँछन्। कोरोना जोखिम भयावह हुने संभावना हटस्पट’ बन्ने संभावना रहेको सार्वजनिक संघसंस्था र विद्यालयमा अनिवार्य जनस्वास्थ्यका मापदण्ड लागु गर्न समेत सार्वजनिक सूचना समेत जारी गरिएको छ ।

 

Leave a Reply