बेनी नगरपालिका–९,घतान काउँलेगौडाका ६ बर्षिय ब्लड क्यान्सर पिडित बालक शिभम चोखालको उपचारमा स्थानीय यूवा क्लवले घरदैलो अभियानमार्फत ५० हजारभन्दा बढी आर्थिक सहयोग जुटाएको छ ।

काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ चोखाललाई सृजनशिल नब यूवा क्लव कुवागैरा घतान र उपकार आमा समुहको सक्रियतामा गाउँमा ५० हजार ९ सय ६५ रुपैयाँ शिभमका हजुरबुबा रतन चोखाललाई हस्तान्तरण गरिएको क्लवका विष्णु बहादुर चोखालले बताए ।

उपचारमा आर्थिक अभाव भएपछि आमा समुहसँग मिलेर सहयोग संकलन गरिएको चोखालले बताए । बालकको आमाको छ महिना अगाडी करेन्ट लागेर मृत्यु भएको र परिवारको विपन्नताका कारण उपचारमा आर्थिक समस्या देखिएको थियो ।

एक्कासी बिरामी भएपछि चेकजाँच गर्दा ब्लड क्यान्सर पुष्टि भएपछि थप उपचारका लागि आर्थिक आवश्यकता रहेको पीडितका परिवारको भनाई छ । हालसम्म स्वदेश तथा विदेशबाट १५ लाख आर्थिक संकलन भएको छ । उपचारमा २० लाखभन्दा बढी लाग्ने चिकित्सकले बताएका छन् ।

Leave a Reply