लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा प्रतिनिधिसभामा सर्वसम्मत पारित भएको खुसीयाली साट्दै म्याग्दीको सदरमुकाम बेनीमा दिप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी र उसको भात्रृ संगठनले बेनीबजारको बिरेन्द्रचोकमा एक कार्यक्रम गरी छिमेकी राष्ट्र भारतबाट अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरि नक्सा सार्वजनिकसँगै संसद बैठकले पारित गरी एकताको सन्देश प्रवाह गरेको अवसरमा दिप प्रज्वलन गरिएको हो । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले एतिहाँसिक दिनको अवसरमा खुसीयाली साट्न दिपावली गरिएको बताउनुभयो । ‘आज घरघरमा दिपावली गर्नुहोस्,‘यो एउटा एतिहाँसिक दिन हो’ पौडेलले भन्नुभयो । हरेक नेपालीलाई खुसी बनाउने गरी सरकारले जारी गरेको नेपालको नयाँ नक्सामा संसदमा सहभागी नेपाली कांग्रेस, मधेशबादी दल, राप्रपा लगायत दुई तिहाई भन्दा बढी मतका साथ नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधानको दोश्रो संशोधन विधेयक २०७७ पारित गरेको थियो । दिप प्रज्वलन कार्यक्रममा सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।

Leave a Reply