जिल्लाको ग्रामिण क्षेत्रबाट रुघाखोकी, ज्वरो तथा कोरोनाको संकास्पद बिरामीलाई दु्रत गतिमा अस्पतालमा ल्याउन समिति गठन भएको छ ।

कोरोना बिरुद्धको कार्ययोजनालाई थप प्रभावकारी बनाउन तथा बिरामीलाई तत्काल अस्पतालमा ल्याउन कोभिड–१९ को कमाण्ड पोष्टका सदस्य एवम् नेपाल रेडक्रस सोसाईटीका उपमन्त्री सुरत केसीको संयोजकत्वमा पाँच सदस्यीय प्यासेन्ट रिसिभिङ टिम (Patient Receiving Team) गठन भएको छ ।

मंगलबार पोष्टका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको बैकठले टोलीको सदस्यहरुमा जिल्ला प्रहरी, श्रीबक्स गुल्म,शसस्त्र प्रहरी गुल्म गलेश्वर र जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधिलाई सदस्यमा राखिएको छ।

उक्त समितिले स्थानीय तहको क्वारेन्टाइन वा बिरामीलाई घरबाटै आवश्यक सर्तकता साथ बिरामी बोक्नका लागि दुई वटा एम्बुलेन्सलाई क्याविन र बिरामी कम्पार्टमेन्ट बीच तोकिएको मापदण्ड अनुसारको सुरक्षा विधि अपनाउन नेपाली सेनालाई जिम्मा दिइएको संयोजक केसीले बेनीअनलाइनलाई बताउनुभयो ।

‘अब बिरामीलाई तत्कालै अस्पतालमा ल्याउने गरी काम गर्नेछौ,‘दुईवटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिने छ’ संयोजक केसीले भन्नुभयो । त्यस्तै बैठकले जिल्लाभित्र लकडाउनको समयमा आवतजावत तथा सिमान क्षेत्रमा समेत खटिएकासँग आवश्यक समन्वयलाई थप प्रभावकारी बनाउने जनाएको छ । जिल्लाका सबै स्थानीय तहलाई कम्तिमा ५० बेडको क्वारेन्टाइन बनाउन अनुरोध गरेको छ ।

Leave a Reply