कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन गरिएको लकडाउनका कारण साँझपख पर्वतको जलजला गाउँपालिका–३ डाँडाबारी क्षेत्र सुनसान थियो । स्थानीय सन्जु थापा, विबेक छिनाल, मिम गुरूङ लगायतका केही यूवाहरू घर बाहिर बसेका थिए।

पारीपट्टी म्याग्दीको कारागार नजिकै माछा मार्न लागेका यूवाले सिटी फुकेर महिला कालिगण्डकीमा हाम फालेको जानकारी दिएपछि यूवाहरु हाम फाल्दै नदीमा पुगेर महिलालाई उद्धार गरेका थिए । विबेक छिनाल

महिलालाई उद्धार गर्न जाने बेलामा अन्दाजी ८ बर्षकी उनकी छोरी रुदैं पोको समातेर फर्किदै गरेको अवस्थामा भेटेको उद्धारमा खटिएका यूवा छिनालले भने । ‘सिधै कालिगण्डकीमा प्रवेश गरेपछि साथीहरुले सघाउनु्भयो’ छिनालले भने । उनले खोलामा सन्जु र मिम समेत गएपछि बाहिर ल्याउन सहज भएको बताए । महिलाले पानी खाएको अवस्थामा यूवाले उद्धार गरेका थिए ।

महिलाले पोको र छोरीलाई समेत खोलामा लगेको कारण छोरीलाई समेत लगेर आत्महत्याको योजना बनाएको हुनसक्ने यूवाहरुको भनाई छ । ‘घरायसी विवादले आत्महत्या गर्न खोजेजस्तो लागेको छ,‘बाहिर निकालेपछि पनि पुनःखोलामा जाने प्रयास गर्नुभएको थियो’ छिनालले भने ।

उनले महिलाको बास्तविकता बुझेर पुनः आत्महत्या गर्ने प्रयासबाट जोगाउनुपर्ने बताए । स्थानीय पिपलबोट यूवा क्लवमा आव रहेका यूवाहरुले एउटी महिलालाई बगाउँदै गरेको अवस्थामा उद्धार गरेर मानवीय धर्म पुरा गरेको भन्दै स्थानीयले धन्यवाद समेत दिएका छन् ।

‘यूवाहरुले ज्यानको जोखिम मोलेर ५० मिटर तलबाट महिलालाई जिवितै उद्धार गरेका छन्’ क्लवका सल्लाहकार सन्दिप गुरुङले भने । महिलालाई गरिबीकै कारण समस्यामा परेको भए खाद्यान्न सहयोग गर्न सकिने बताउँदै महिलाको अवस्था बुझ्न समेत उनीहरुले अनुरोध गरेका छन् । सन्जु थापा

माछा मार्नेले दिएको सूचनाको आधारमा खोलामा पुगेर महिलालाई जोगाउन सफल भएका यूवाहरुले प्रहरी चौकीमा खवर गरी महिलाको उपचारका लागि बेनी अस्पतालमा पु¥याइएको थियो । उनले किन आत्महत्याको प्रयास गरिन् भन्ने खुलेको छैन।

कमजोर आर्थिक अवस्था, पारिवारिक तनाव, आर्थिक हिनामिना, वैदेशिक रोजगारबाट उब्जेका समस्या लगायतका कारणबाट पीडामा परेकाहरूको रोजाईमा आत्महत्या पर्ने गरेको छ । सिन्धुपाल्चोक जिल्ला घर घर भएकी अन्दाजी ३२ बषीया देबी थापाको बेनी अस्पतालमा इमजेन्सी कक्षमा उपचार भइरहेको छ । स्थानीयले छोरीसँगै खोलामा गएकाले भविस्यमा थप जोखिम बढेकाले महिलालाई उचित परामर्श आवश्यकता रहेको बताएका छन् ।

Leave a Reply