मुस्ताङको थासाङ गाउँपालिका–४,घासा डाडोमाथि भीर कटिङ गर्दै गरेको अवस्थामा सुख्खा पहिरोमा परेर ज्यान गुमाएका अर्जुन दाहालको परिवारलाई उचित क्षर्तीपुतीको माग गदैं सडकखण्डका स्काभेटरका चालकहरू आन्दोलित भएका छन् ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत बेनी–जोमसोमखण्डको घासा डाडोमाथिको भीर कटिङ गर्ने क्रममा नदीमा स्काभेटरसँगै खसेर मृत्यु भएका दाहालको परिवारलाई क्षतीपुर्ती दिन शर्मा गजुरमुखीले आनकानी गरेपछि सडकखण्डमा कार्यरत अप्रेटरले मृतकका परिवारसँग लिखित सहमतिको माग गरेको एक स्काभेटरका चालकले बेनीअनलाइनलाई बताए ।

‘ज्यान गुमाउँदा समेत कम्पनीका मान्छेको बेवास्ताले आक्रोशित भएका छौ,‘परिवारको साहरा गुम्दा समेत बेवास्ता गरिएको छ’ नाम नवताउने सर्तमा भने ।  बुधबार विहान कम्पनीबाट काममा फर्किन दवाव दिएपनि उनले तत्काल काममा नफर्कने सहमति भएको बताए । ‘मजदुरको पक्षमा हामी एकजुट छौ,‘मृतक दाहालको परिवारले लिखित क्षतीपुर्ती पाउनुपर्छ’ उनले भने । तातोपानीदेखि मुस्ताङको कोवाङसम्मको सडक स्तरोन्नतिको जिम्मा शर्मा गजुरमुखीको मात्रै १६ वटाभन्दा धेरै स्काभेटर छन् ।

एकसाथ काम रोकेर आन्दोलनमा उत्रिने चेतावनी दिएपछि कम्पनीले तत्काल ३ लाख क्षर्तीपुर्ती, मृतकको छोरीलाई उच्च शिक्षासम्मको सुविधा र एकजनालाई रोजगार दिने मौखिक प्रतिबद्धता जनाएपनि अप्रेटरले लिखित प्रतिबद्धताको माग गरेका छन् ।शर्मा गजुरमुखीमा आवद्ध भएको १ महिना १५ दिनमै दाहालको मृत्यु भएको थियो ।

जोखिमपूर्ण ठाउँमा काम गरिरहेको अवस्थामा दाहालको मृत्यु भएको भन्दै कम्पनीले सम्मानजक क्षर्तीपुर्ती दिनुपर्ने बताएका छन् । स्काभेटरसँगै नदीमामा खसेका अर्जुनको शब मंगलबार विहान करिव ९ बजे पोष्टमार्टमका लागि मुस्ताङ अस्पतालमा पु¥याइएको छ । पहिरोले अवरुद्ध सडक सुचारु हुन सकेको छैन् । आन्दोलित स्काभेटरका चालक ले सहमति भएलगत्तै काममा फर्किने बताएका छन् । भूकम्पबाट एउटा छोरी गुमाएको, विपन्न परिवारका दाहालको एक श्रीमति र छोरी छन् ।

Leave a Reply