जिल्लाको रघुगंगा गाउँपालिका–६, ठाडाखानीकी उदिमा छन्त्यालले गाउँमा सामाजिक सुरक्षाभत्ता बुझ्निन। परिवारका सदस्यको सहयोगमा सवारीसाधनमा वडा कार्यालयमा पुगेर भत्ता लिने गरेकी छन्त्यालले पछिल्लो समय घरमै भत्ता बुझ्ने गरेकी छन्। उनीसँगै गाउँकी गंगादेवी पुर्जा, कैली पुनले समेत घरआगनमै भत्ता पाएपछि जनप्रतिनिधिलाई धन्यवाद दिए ।
![](https://benionline.com.np/wp-content/uploads/2020/03/89181181_1236994043357260_1213406738762432512_n.jpg)
सवारीसाधनमा आधाघण्टा, पैदल हिडेर बुढाबुढीलाई ३ घण्टा लाग्ने वडा कार्यालयमा भत्ता लिन जान नपरेपछि उत्साहित भएका छन् ।वडाभित्रका सामाजिक सुरक्षा भत्ताका प्रयोगकर्तालाई पायक पर्ने ठाउँमा पुगेर भत्ता दिने अभियान अन्तरगत वडा कार्यालयले पाखापानी, ठाडाखानी र कोटगाउँमा वितरण गरिएको सामाजिक सुरक्षा भत्ता मध्ये ७५ जना ८० बर्ष पार गरेका बृद्धबृद्धा भएको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए ।
![](https://benionline.com.np/wp-content/uploads/2020/03/89174072_1236994136690584_5522161644286771200_n.jpg)
‘उहाँहरुलाई वडा कार्यालयमा आउनुपर्ने अवस्था बनाउँदैनौ,‘गाउँघरमै भत्ता वितरण गर्ने कार्यले निरन्तरता पाउने छ’ शेरपुञ्जाले भने । उनका अनुसार वडास्तरमा सामाजिक सुरक्षा भत्ता वितरणको क्रममा हालसम्म ज्येष्ठ नागरिक ८९ जना, दलित २३ जना, एकल महिला ७० जना, ज्येष्ठ दलित २३ जना, आंसिक अपाङ्ग १२ जना र पूर्ण अपाङ्ग ३ जना रहेको छ ।![](https://benionline.com.np/wp-content/uploads/2020/03/89222004_1236994100023921_6233970452608319488_n.jpg)
वडाभित्रको रायखोरमा भत्ता वितरण गर्न बाँकी छ । गाउँपालिकाका अन्य वडामा समेत घरदैलोमै सामाजिक सुरक्षा वितरणलाई प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ । भत्ता बुझ्ने नाममा बृद्धबृद्धालाई यातायात लगायत अन्य खर्च हुने गरेकाले गाउँमै भत्ता वितरण गर्दा बृद्धबृद्धाका अन्य समस्याहरुका बारेमा समेत जानकारी मिल्ने जनप्रतिनिधिको भनाई छ ।