दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएका धवलागिरी गाउँपालिका–४, मुदीका एक यूवाले सहयोगको याचना गरेका छन् । मुदीका २१ बर्षिय छगेन्द्र हमालको दुवै मृगौलाले काम नगरेपछि काठमाण्डौमा उपचार भइरहेको अवस्थामा आर्थिक समस्या देखिएपछि उपचारमा सहयोगको अपिल गरिएको छ ।

पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर भएका हमालको हाल समेरु अस्पताल ललितपुरमा डाईलासिस गरिएपनि कोठा भाडा सहित उपचारमा समस्या भएपछि पोखरा हुदै धवलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याइएको स्थानीय खिम गर्बुजा मगरले बताए । ‘विपन्न परिवारका हुन्,‘सामान्य कृषिपेशाबाट परिवारको गुजरा चल्ने गरेको छ’ मगरले भने उनका अनुसार प्रत्यारोपण सहित नियमित उपचारका लागी आर्थिक आवश्यकता रहेको छ ।

मृगौला प्रत्यारोपण तथा डायलासिस गर्नुपर्ने चिकित्सकले बताएपछि पीडितका परिवारले ३ लाख खर्च गरिसकेको र मृगौला समेत आफन्तबाट म्याच नभएपछि डोनरलाई बुझाउनुपर्ने करिब २० लाख आवश्यक रहेको बताइएको छ । मुदीबाट स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहयोग जुटाउन अपिल गरेका छन्। नाता, ईष्टमित्र तथा आफन्तलाई उपचारमा हारगुहार गरेका छन् ।

कन्ट्याग न-९८६९२९३३९५.

Leave a Reply