तत्कालिन नेकपा माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० बर्षे जनयुद्धको २५औं दिवस आज मनाइँदैछ। जनयुद्ध शुरू भएको दिनलाई स्मरण गर्दै सत्ता पक्ष नेकपा र सरकारद्धारा प्रतिबन्धित नेकपा र शहीद परिवारले यो दिवस मनाउने गर्छन्। सिन्धुली र गोरखालगायत केही जिल्लाका बैंक तथा प्रहरी पोष्टहरु कब्जा गर्दै शुरू भएको जनयुद्धको क्रममा म्याग्दी जिल्लामा तत्कालिन माओवादी र सरकार सर्मथित सुरक्षाकर्मी, तत्कालिन नेकपा एमाले र नेपाली कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले समेत ज्यान गुमाए ।

जनयूद्धमा तत्कालिन सत्तापक्षबाट विद्रोहीका ५२ जना, ३० भन्दा बढी सर्वसाधारणले ज्यान गुमाएका थिए भने माओवादीले तत्कालिन नेकपा एमाले र नेपाली कांग्रेसका स्थानीय नेताहरुको समेत हत्या गरेका थिए । माओवादीले तत्कालिन नेकपा एमालेका सचिवालय सदस्य समेत रहेका सिंगाका मणिलाल शर्मा र दोवाका तुलप्रसाद पुनको घरबाटै अपहरण गरी हत्या गरेको थियो । दुवै एमालेमा स्थापित नेताको रुपमा चिनिदै आएका थिए ।शर्मा महेन्द्ररत्न माविका प्रधानाध्यापक थिए भने पुन उत्तरी म्याग्दीमा एमालेका नेता मानिन्थे।

पाटीले असुरक्षित भएको जानकारी दिदाँदिदैं आफ्नो कुनै गल्ती नभएकाले गाउँमै बस्ने अडान लिएका थिए । माओवादीबाटै नेपाली कांग्रेस ज्यामरुक्कोटका नेता भिमबहादुर घिमिरे र दरबाङ रातढुंगाका शेर बहादुर शेरचनको समेत सुराकीको आरोपमा हत्या गरिएको थियो । त्यस्तै सरकारी सुरक्षाकर्मीले समेत माओवादीलाई खाना र बस्न दिएको तथा जनयूद्धमा सहयोग गरेको भन्दै सर्वसाधारणको समेत हत्या गरेको थियो ।

माओवादीको सर्मथन गरेकै ग्रामिण क्षेत्रबाट धेरै विस्थापित हुनुपरेको थियो । बि.स २०६० साल चैत्र ७ गते बेनी आक्रमणमा सडकमा मजदुरले खवरामा ज्यान गुमाएका थिए भने दोहोरो भिडन्तको क्रममा ग्रामिणबस्तीमा समेत ज्यान गुमाएका थिए । माओवादी जनयूद्धको सबैभन्दा ठूलो आक्रमण नै बेनीमा भएको थियो । माओवादीको बेनी आक्रमणबाट दुवैपक्षको ठूलो क्षती भएको थियो भने अरवौको भौतिक संरचना समेत जलेका थिए ।

बेनी आक्रमण नै सत्ता पक्षलाई दवाव र विद्रोहीको शक्ती प्रर्दशनको रुपमा तत्कालिन समयमा हेर्ने गरिएको थियो । नेकपा म्याग्दीका अध्यक्ष एवम् तत्कालिन माओवादीको तर्फबाट संविधानसभामा विजय भएका गोविन्द पौडेलले देशको परिवतर्नको मुख्य मियो नै जनयूद्ध भएको बताए । जनयुद्धले अन्तरिम संविधान, पहिलो र दोस्रो संविधानसभा, संविधान घोषणा, स्थानीयरप्रदेशरसंघको निर्वाचन हुँदै नेपालको राजनीतिक संक्रमणको अन्त्य गरेको पौडेलको भनाई ।

यता नेपाली कांग्रेसका उपसभापति माधवप्रसाद रेग्मीले शसस्त्र यूद्धमा ज्यान गुमाएकोको पीडा अझै भएको बताए । उनले तत्कालिन समयमा राजनीतिक बिचारलाई निस्तेज पार्न आफ्ना दुई नेताको हत्या भएको बताएको छ । १० बर्षसम्म चलेको हिंसात्मक शसस्त्र विद्रोहका क्रममा करिब १७ हजार नेपालीहरुले ज्यान गुमाएको थिए। यसैबीच जनयूद्ध दिवसको अवसरमा नेकपा म्याग्दीले विविध कार्यक्रम गरी मनाउँदै छ भने प्रतिबन्धित विप्लव माओवादीले समेत लुकिछिपी दिवस मनाउने तयारीमा रहेको छ ।

Leave a Reply