नेपाल रेडक्रस सोसाइटी बेनी उप–शाखाको सभापतिमा मुक्तिप्रसाद ढुंगाना निर्विरोध निर्वाचित भएका छन् । बुधबार सदरमुकाम बेनीमा सम्पन्न भएको उप–शाखाको सत्रौ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट उपसभापति भुलमायाँ तिलिजा, सचिव हृदयकुमार श्रेष्ठ, कोषाध्यक्ष मनोज पौडेल चयन हुनुभएको छ ।

त्यसैगरी समितिको सदस्यहरुमा ज्ञान गिरी, दलप्रसाद श्रेष्ठ, रुद्ध प्रसाद सुबेदी, साधनाकुमारी श्रेष्ठ, रेखाकौशल रेग्मी, विष्णु गौतम, अर्विन श्रेष्ठ रहनुभएको छ । अधिवेशनको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका उपसभापति अमर बानियाँले उद्घाटन गर्नुभएको थियो ।

अधिवेशनमा निर्वाचन अधिकृत याम बहादुर चोखाल, रेडक्रस सोसाईटी म्याग्दीका पूर्वसभापति डा. भुपेन्द्रबहादुर खड्का, नागरिक समाजका सभापति सुर्दशनकुमार श्रेष्ठ, जेष्ठ नागरिक नैनकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य लगायतको उपस्थिती रहेको थियो ।

अधिवेशनको अध्यक्षता तथा स्वागत राजेन्द्रकुमार श्रेष्ठ र सञ्चालन मुक्ति ढुंगानाले गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाईटी मानवीय सहायता उपलब्ध गराउने विश्वकै अग्रणी. संस्था हो । म्याग्दीमा रेडक्रसमार्फत प्राकृतिक तथा गैर प्राकृतिक आपद् विपद्को बेलामा. प्रभावित व्यक्ति एवं परिवारलाई मानवीय सेवा प्रदान गदैं आइरहेको छ ।

Leave a Reply