करिव एकदशकदेखि सांगितिक क्षेत्रमा सक्रिय रहेका म्याग्देली गायक अमृत रामदामको नयाँ सांगीतीक कोसेली ‘आउन मायालु’ सार्वजनिक भएको छ । गायन संगै सारङ्गी, बाँसुरी, सनाई लगायत अन्य बाध्यबादनका बाजा बजाउन समेत पोख्त रहेका रामदामले आफ्नै यूटुव च्यानलबाट म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

रोजगारको सिलसिलामा अमेरिकामा रहेका रामदामको गीतमा रामदाम, कमला पोख्रेलको स्वरमा सुन्दर हमाल को लय, प्रलाद सुबेदीको शब्द र प्रकाश भट्टको निर्देशन रहेको छ । नेपाली समाजमा गरिने विवाह सहित परम्परालाई चित्रण गरिएको गायक रामदामले बताए ।

 

‘मैले कर्मभूमीबाट पनि सांगीतिक क्षेत्रमा समय दिएको छु,‘मौलिक कला र संस्कृतिको जगर्नेमा भूमिका खेलेको छु’ उनले भने । अमेरिकामा नेपाली मौलिक पन्चेबाजाको समुह गठन गरी गितसंगितमा सक्रिय रहेका उनलाई त्यहाँ रहेका विभिन्न संघसंस्थाले समेत कार्यक्रममा प्राथमिकता दिने गरेका छन् । मौलिक पञ्चेबाजा गीत ‘आउन मायालु’ गायक अमृत रामदामकै जन्म स्थान म्याग्दी जिल्लाको पुलाचौरमा गएर छायांकन गरिएको हो ।

Leave a Reply