प्रकाश पौडेल÷ ताकमम्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकम हिलापोखरीमा नौमती बाजा संरक्षण कला केन्द्र स्थापना गरिएको छ । लोपोन्मुख नौमती बाजा संरक्षण अभियानमा लागेका स्थानीयको पहलमा निर्मित केन्द्रको शनिबार गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा बिभिन्न शुभकार्यका शुभसाइतका रुपमा लिइने बाजालाई लोप हुन नदिन स्थानीयको अभियानमा गाउँपालिकाले आर्थिक तथा अन्य रचनात्मक सहयोग गर्ने उपाध्यक्ष छन्त्यालले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

गाउँपालिकाको ३ लाख ८४ हजार, स्थानीय समुदायले जनश्रमदान २ लाख ६९ हजार गरी ६ लाख ५३ हजारको लागतमा स्थापना भएको केन्द्रको उद्घाटनको अवसरमा वडा अध्यक्ष कलानिधि शर्माले वडाभित्रका पुराना कला र संस्कृतिको संरक्षणमा निरन्तर सक्रिय हुने बताउनुभयो ।

कार्यक्रममा स्थानीय शिक्षक भेषनाथ गौतम, हेम मावी सिवाङका प्रधानाध्यापक शेर बहादुर केसी,पत्रकार गोपाल आचार्य लगायतले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा समाजसेवी चन्द्र प्रसाद छन्त्याल, बालकुमारी गोतामे, नरकुमारी बुढाथोकी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अवसरमा चन्दादातालाई सम्मान गरिएको थियो ।

केन्द्र स्थापना गरी पुराना बाजा संरक्षण तथा नयाँ कार्यहरु गरिने बताइएको छ । कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष कुलप्रसाद दमाई,स्वागत विकास परियार र सञ्चालन तारानाथ पौडेलले गर्नुभएको थियो । केन्द्रले जिल्लाभित्रबाट दशक अगाडी बाजा संरक्षण गरी अवलोकन तथा विभिन्न बाजाको महत्वका बारेमा नयाँ पुस्तालाई तालिम समेत दिने योजना बनाएको छ ।

Leave a Reply