पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा निर्माण भएको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको आइतबार उद्घाटन गरिएको छ । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको ८५ लाख, गाउँपालिकाको पचास लाख र स्थानीयबासीको बीस लाख रुपैयाँ बराबरको श्रमदानमा निर्माण भएको परियोजनाबाट ३६५ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका सचिव लालबहादुर खड्काथोकीले बताए ।

परियोजना उद्घाटन गर्नुहुदै प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले आगामी दुई वर्षभित्र लुलाङमा केन्द्रीय प्रशारण लाइनको समेत विस्तार हुने बताए । लुलाङ हुदै जलजला जोड्ने सडकलाई संघीय सरकारबाट यस वर्ष एक करोड र गुर्जा जोड्ने सडकलाई प्रदेश सरकारबाट डेढ करोड रुपैयाँ बिनियोजन भएको बताए ।

गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई पक्की बनाउने सरकारको योजना रहेको जानकारी गराउनुहुदै लमसुङ माविमा चार कोठे र लुलाङ आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माणका लागि बजेट बिनियोजन भएको बताए ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले लघुजलविद्युतको प्रयोग गरेर आयआर्जन र उत्पादनमुलक उद्यम व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्न सुझाव दिए । लुलाङमा बालबिवाह न्युनीकरण र सरसफाई कायममा जोड दिनुपर्ने बताए ।

परियोजनामा प्रयोग भएका काठका पोल विस्थापित गराएर फलामका राख्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले यो परियोजना गाउँपालिकाको गौरवको आयोजना भएको बताउँदै यसको दिगो प्रयोग, सुरक्षा र संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

वडा अध्यक्ष गमप्रसाद बिक, सदस्य केशरबहादुर पुर्जा, नेकपाका बलबहादुर बिक र नेपाली काँग्रेसका ज्ञानबहादुर पाइजाले २०७२ मा जुगेपानीमा आएको पहिरोले विद्युतगृह र नहर बगाएपछि बन्द भएको परियोजना पुननिर्माण भएपछि लुलाङबासीलाई राहत मिलेको बताए ।

कार्यक्रममा हेलीकप्टरबाट परियोजनाको जेनेरेटर र टरर्वाइन ढुवानका लागि सहयोग गर्ने काठमाडौका कलीराम पुर्जालाई सम्मान गरिएको थियो । यसैगरी श्रीमानले दोस्रो बिवाह गरेपछि अलपत्र परेका सुकमाया बिकका छ जना छोरीहरुको पठनपाठनका लागि मोना बहराइनका दितृय उपाध्यक्ष भक्तबहादुर सिङ्कीजाको पहलमा संकलित ३१ ह्जार २५० रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

नर्जाखोला युवा क्लवका अध्यक्ष सविन घर्तीको सञ्चालन, वडा अध्यक्ष गमप्रसाद बिकको अध्यक्षता र उपभोक्ता समितिका सचिव लालबहादुर खड्काथोकीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बालबिवाह र बहुबिवाह बिरुद्धको कानुनी ब्यवस्थाको बारेमा जानकारी गराएका थिए ।खबाङको दोभानमा बाँध बनाइएको छ । ७२५ मिटर लामो पाइपलाइन मार्फत ल्याइएको पानीलाई ६२ मिटर अग्लो हेडबाट विद्युतगृहमा खसालेर बिजुली उत्पादन गरिएको छ । ८६ मिटर फलामे र ६६३ मिटर प्लाष्टिक पाइप जडान भएको छ ।तस्विरहरू सन्तोष गौतम

Leave a Reply