बागलुङका सवारी चालक पनि आफ्नै सवारी पोशाकमा भेटिने भएका छन । सर्वसाधारण नागरिक सामु सवारी चालकको पहिचान गराउन छुट्टै पोशाकको व्यवस्था गरिएको हो । सामुदाय प्रहरी–साझेदारी कार्यक्रम, ट्राफिक प्रहरी र जिल्लामा रहेका यातयात सेवा प्रालिको संयोजनमा बिहिवार यहाँका सवारी चालकहरुलाई पोशाक वितरण गरिएको हो ।

सो अवसरमा चालक र यातयात मजदुरहरुलाई लागु पदार्थ सेवन (लापसे) सम्बन्धि अनुशिक्षण दिइएको प्रहरी उपरिक्षक भट्टले जानकारी दिए । चालकलाई थप जिम्मेवार बनाउन र सर्वसाधारण नागरिकसामु उनीहरुको पहिचान सहज बनाउन बिहीबारदेखि छुट्टै पोशाकको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले वताए।  प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षत्री, गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिनोद घिमिरे र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले यहाँका चालकहरुलाई संयुक्त रुपमा पोशाक वितरण गरे।

Leave a Reply