संविधान दिवसको अवसरमा रघुगंगा गाउँपालिकाले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा वडा नं १ बेगखोलाको महादेव मावि प्रथम भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित प्रतियोगितामा ज्ञानोदय मावि द्धितिय, जनता मावि दग्नाम तृतिय हुन सफल भएका छन । त्यस्तै महेन्द्र मावि झिँले सान्त्वनमा पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको अवसरमा विजय भएका विद्यार्थीलाई गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा गाउँपालिका अन्तरगत १० माविहरुमध्ये ८ विद्यालयले सहभागिता जनाएका थिए । हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरुको बौद्धिक तथा मनोबैज्ञानिक पक्षको विकासमा महत्वपूर्ण भुमिका खेल्ने भएकाले आगामी दिनमा समेत निरन्ततार दिनुपर्नेमा जोड दिइएको थियो । प्रतियोगिताको सहजीकरण तथा प्रश्न प्रमुख प्रशासकीय अधिकृत थापाले गर्नुभएको थियो भन अध्यक्ष गाउँपालिका उपाध्यक्ष तिलिजाले गर्नुभएको थियो । म्याग्दी दिवसको अवसरमा दिपावलीसहित सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराउने, संविधान दिवसको दिन बिहान प्रभातफेरी ¥यालीसहित बेनीबजारको परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ ।

Leave a Reply