म्याग्दी स्थित वेष्ट वेस्ट पोइन्ट विद्यालयमा मंटेसरी तालिम शुरु भएको छ । वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिको आयोजनामा चैत्र ड गते देखि जुनियर डिप्लोमा मंटेसरी तलिम शुरु भएको हो । तालिमको उद्घाटन गर्दै फाउन्देसनका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठले बालबालिकालाई पढाउने भन्दा पनि सिकाउने कार्यकला लागि तालिम अति आबस्यक रहेको बताउनु भयो । शिक्षक सेवामा अझै बालविकास तहमा अध्यापन गर्नका लागि बाल मनोविज्ञानलाइ बुझेर सिकाउन यस्तो तालिम अनिबार्य भैसकेको बताउनु भयो ।

वेष्ट पोइन्टले यस भन्दा अघि २०७३ सालमा संचालन गरेको तालिमका सबै सहभागी विभिन्न संस्थामा शिक्षण पेशामा आबद्द भैसकेको बताउनु भयो ।३ महिनासम्म सन्चालन हुने तालिममा २० जना प्रशिक्षार्थी रहेका छन् ।

तालिममा मंतटसरी इन्चार्ज थरिमाया पुन, आशामाया रोका फुलबारी मंतटसरी पोखराका फाउन्डर प्रिन्सिपल अरुणा शेरचन शैक्षिक तालिम केन्द्र म्याग्दीका रोहित ढुंगाना लगायतले प्रशिक्षण दिने तालिम संयोजक थरिमया पुनले बताउनु भएको छ । तालिमको सैद्धान्तिक अभ्यास वेष्ट पोइन्ट अडिटोरियम र प्रयोगात्मक अभ्यास वेष्ट पोइन्ट मंटेसरी क्यम्पस चोकमा हुने तालिम संयोजक पुनले बताउनु भयो ।

तालिम शुभारम्भ÷उद्घाटन कार्यक्रममा फाउन्डेसनका संस्थापक निर्देशकहरु कृष्णप्रसाद श्रेष्ठ, सुबासकुमार श्रेष्ठ यज्जनलाल शाक्य, शिव कुमार श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु शिक्षक अभिभाबक संघका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रम फाउन्डेसनका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ वेष्ट पोइन्ट मंटेसरी इन्चार्ज थरिमाया पुनको संचालन र भाइस प्रिन्सिपल कृष्ण बहादुर जिसीको स्वागतमा सम्पन्न भएको वेष्ट पोइन्ट मिडियाले जनाएको छ ।