म्याग्दीको नागी गाउँलाई चिनाउने स्वागत गित सार्वजनिक भएको छ। पर्यटकीय एवम् बेतारे प्रविधिको इन्टनेटनका कारण विश्वमै चर्चित अन्नपूर्ण गाउँपालिका वडा नं ८ नागीको प्रचारप्रसार गर्ने तयार गरिएको स्वागत गीत यूटुवमार्फत सार्वजनिक गरिएको हो ।

जिल्लाको प्रमुख पर्यटकीयस्थल घोरेपानीसंगै धौलागिरी, अन्नपूर्ण र निलगिरी हिमाल, लालीगुराँसको जंगल, प्राकृतिक सौन्र्दयता सहित नागीको महत्वलाई दर्साउने गीतको शब्द किशन पुन, स्वर किशन पुन, तोया परियार, अम्बिका पुन र टिका पुनको रहेको छ ।

डेढदशक अगाडी नै इन्टनरेटको सहज पहुँच, कृषि र ग्रामिण पर्यटनको प्रचुर सम्भावना रहेको नागी गाउँको विशेषतालाई लक्षित गरी तयार गरिएको गीतको निर्माता समेत शब्द तथा गायक पुन नै रहेका छन् भने सहनिर्माता इश्वर पूर्जा पुन काफलडाँडा हाल अमेरिका रहेका छन् ।

गीतमा ग्रामिण बस्तीको दैनिकीलाई समेत प्रस्तुत गरिएको छ भने नागीका महिला उद्यमीले उत्पादन गर्ने महिलाको गतिविधिका साथै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले गरेका गतिविधिलाई समेत समेटिएको छ । ‘हरेक क्षेत्रबाट नागीलाई चिनाउन आवश्यक छ,‘गाउँको प्रचारप्रसारमा गीतसंगीतलाई समेत प्रयोग गरेका छौ’ किशन पुनले बेनीअनलाइनलाई भने । विगतमा समेत नागी सहित आसपासका पर्यटकीय क्षेत्रहरुलाई समेटेर लोकप्रिय गीत बजारमा ल्याइएको छ ।