मानव शरीरको लागि आँखा अभिन्न अंग हो । आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ । प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउन घरमै पाइने यी सामग्रीको उपयो गर्नु उत्तम मानिन्छः
सुकुमेलः तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने ।

अमलाः अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ ।

ग्रिन टीः दिनमा दुईतीन कप ग्रिन टी पिउनाले यसमा भएको एन्टिअक्सिडेन्टले आँखा तेजिलो बनाउँछ ।

हाडेबादामः राति छसातवटा हाडेबदाम पानीमा भिजाउने र बिहान खाने गर्नाले आँखाको पावर ठीक हुँदै जान्छ ।

तोरीको तेलः राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहुँ मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।

हरियो तरकारीः हरियो सागसब्जीमा पाइने भिटामिन लगायतका पोषकतत्वले आँखाको ज्योती राम्रो बनाउन सहयोग गर्छ ।

जिराः जिरा र मिस्री बराबर मात्रामा लिएर राम्रोसँग पिस्ने र एक चम्चा घिउसँग दिनहुँ खाने ।