हिमाली जिल्ला मुस्ताङ गएराति देखि लगातार छिटफुट हिउँ परिरहेको छ । चालुवर्षको पुस २७ गते आंशिक हिउ परेकोमा आईतबारको मध्यरात देखि लगातार हिउँ पर्न सुरु गरेको हो।हिउ परेपछि स्थानीय घरभित्र बस्न बाध्य भएका छन् भने,हिउँकै कारण जिल्लामा पर्यटकको संख्या बृद्धि हुने अपेक्षा उनीहरुले गरेका छन् । सोमबार बिहानपनी मुस्ताङमा लगातार हिउँ परिरहेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

हिउँपरेपछि यहाका नाङ्गा डाडाकाढा सेताम्मे बनेको उनले बताए ।मौसम परिवर्तन भएकाले थप हिउ पर्ने संम्भावना रहेको प्रजिअ क्षेत्रीको अनुमान छ ।उनका अनुसार आईतवार राति घरपझोङ गाउपालिका अन्तर्गतका जोमसोम,मार्फा,स्याङ,ठिनी,छैरोमा छिटफुट हिउ परेको हो ।जिल्लाको तल्लो स्थानीयतह थासाङ गाउपालिका अन्तर्गतका गाउमा समेत आंशिक हिउ परेको प्रजिअ क्षेत्रीले जानकारी दिए ।प्र

धार्मिक स्थल मुक्तिनाथ र कागबेनी लगायत अन्य ग्रामिण बस्तीहरुमा समेत हिउ परेको वारागुङ मुक्तिक्षेत्र गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक रेग्मीले जानकारी दिए ।हिउ परेपछि स्थानीयमा खुसीयाली छाएको रेग्मीले सुनाए ।यस्तै,सिमाप्रहरी चौकी लोमान्थाङका असई नरेन्द्रकुमार पौडेलले उत्तरी सिमावर्तीक्षेत्रका गाउहरु छोसेर र छोनुप आदी स्थानमा अहिले पनि हिमपात भईरहेको जानकारी दिए ।

उनले गएराति परेको हिउ दोश्रो भएको बताए ।उनका अनुसार उपल्लो मुस्ताङको बस्ती माथिका पुरै डाडाकाँढाहरु हिउले सेताम्मे भएको जनाए । उपल्लो मुस्ताङको व्यापारिक केन्द्र लोमान्थाङ वस्ती समेत ७ ईन्च जति हिउ जमेको असई पौडेलले जानकारी दिए ।‘उपल्लो मुस्ताङमा तापक्रम माईनस १८ पुगेको छ ।यहाँका नदी नाला र पानीका श्रोतहरु चिसोले जमेका छन् ,’असई पौडेल भने,‘लोमान्थाङ बजारमा करिव ६ ईन्च जति हिउ छ ।यहा आउने पर्र्यटकहरु मोटरबाटो हिड्ने अवस्था छैन ,कालिगण्डकीको तिरैतिर हिड्न बाध्य छन् ।’

हिउ परेसंगै खुसीयाली
जिल्लामा सिजनकै पहिलो हिउ परेपछि मुस्ताङमा खुसीयाली छाएको छ ।हिउ हेर्न र खेल्न सरकारी निकायमा कार्यरत कर्मचारी ,पर्यटक र स्थानीयवासीमा हिउको रौनक थपिएको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाईले जानकारी दिए ।उनले हिउले मुस्ताङको पर्यटन र कृषिक्षेत्रलाई फाईदा पुग्ने दावी गरे ।हिउ परेपछि जिल्लाका कर्मचारी ,स्थानीयवासी र पर्यटकले हिउ खेल्ने र फोटो खिचाउने आनन्द लिएको चपाईले बताए ।

जोमसोमका पर्यटन व्यवसायी राकेश भट्टचनले हिउ परेपछि यहा आउने पर्यटकको संख्या बृद्धि हुने अपेक्षा गरे । उनले गएरातिको हिउ कृषि र पर्यटन व्यवसायीका लागि बरदान भएकाले जिल्लाको हितको लागि हिउ पर्नु महत्वपूर्ण भएको उल्लेख गरे ।हिउदयामको ठण्डी मौसम भएपनि यहाका आउने पर्यटकले हिउ खेल्ने अवसर मिलेको पर्यटन व्यवसायी राकेश भट्चनले जानकारी दिए ।

उनले सदरमुकाम जोमसोम नजिकका डाडाकाढामा पुगेर हिउमा खेल्ने र तस्विर खिचाउनका लागि पर्यटकहरु लालायित भएको उनले खुलाए ।उनले गएराति परेको हिउ पर्याप्त नभएपनि अझै हिउ थपिए हिउ हेर्न र खेल्न जिल्ला बाहिरका पर्यटक मुस्ताङ आउने दावी गरे।हिउ पर्दा किसानमा आशाको संञ्चार आईतबार परेको हिउका कारण जिल्लाका कृषि व्यवसायमा आवद्ध किसानहरुमा आशाको संञ्चार पलाएको छ ।

हिउ परेपछि अन्नवाली सप्रने बिश्वास लिएका यहाका किसानको बेग्लै मान्यता छ ।छिटफुट परेको हिउले यहाका किसानलाई राहत दिएको जोमसोमका किसान अजित थकालीले सुनाए ।उनले हिउ परेपछि स्याउ खेति लगायत आलु ,फापर,जौ,उवा र अन्य वालीनालीलाई फाईदा पुगेको प्रतिक्रिया दिए ।शितोषण बागवानी बिकासकेन्द्रका वरिष्ठ अधिकृत बालकृष्ण अधिकारीले हिउले जमिनलाई मलिलो र उर्र्वराशक्तिको बिकास गर्न सहयोग पु¥याउने बताए ।

उनका अनुसार वायूमण्डलमा ७६ प्रतिशत नाईट्रोजन हुने र हिउ पर्दा वायूमण्डलको नाईट्रोजन हिउ संगै मिसिएर जमिनको सतहमा आउने भएकाले हिउ किसानका लागि अम्रित सावित हुने उल्लेख गरे ।हिउ नपरे हिमताल फुट्ने र यसले मानविय जोखिम निम्तन सक्ने उनको भनाई छ ।उनले मुस्ताङमा हाईसिलिङ भेराईटीका स्याउ बोट लगाईएकाले बढी मात्रामा जमिनलाई चिस्यान चाहिने र यो हिउले पुरा गर्ने दावी गरे ।हिउले पानीका श्रोत नभएका स्थानमा समेत सिचाईको काम गर्ने बताए ।  सुन्दरकुमार थकाली, मुस्ताङ