पर्वत जिल्लाको जलजला गाउँपालिका–५ सहस्रकमाया, लेकफाँटमा मन्दिरमा नियमित पूजाआजा, पूजारीको खर्च तथा भौतिक पूर्वाधारलाई लक्षित गरी सोमबारदेखि शिवमहापुराण तथा विश्वशान्ति धनधान्यचल ज्ञानमहायज्ञ सुरु भएको छ । एकसयबर्ष अगाडी स्थानीयको पहलमा निर्मित मन्दिरमा नियमित पूजाआजा तथा पूजारी लगाएतको आवश्यक खर्च जुटाउन समेत मुस्किल भएपछि महायज्ञकोे आयोजना गरिएको हो ।

महायज्ञकको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले उद्घाटन गदैं गाउँपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार, पूर्वाधार विस्तारमा गाउँपालिकाले प्रयास गरिरहेको बताए ।‘स्थानीयको प्रयासमै सयौंबर्ष पुराना मन्दिर जिवित छन्,‘प्रयाप्त बजेट नभएपनि प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नेछु’ मल्लले भने ।प्राचिनकालमा निर्मित मन्दिर धार्मिक तथा पर्यटकीय हिसावले समेत उत्कृष्ट स्थानमा रहेकाले पनि प्रचारप्रसारमा समेत चासो देखाउनुपर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका उपाध्यक्ष कुलप्रसाद आचार्यले नेपालको मानव सभ्यताको थालनीदेखि नै सनातन हिन्दु धर्म मान्दै आएकाले पुर्खाले हस्तान्तरण गरेको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताए । उनले धार्मिक क्षेत्रमा सहयोगले पुन्य मिल्ने बताए । महायज्ञको अवसरमा गाउँपालिकाका वडा अध्यक्ष देविन्द्र बहादुर भण्डारी, भिष्म मल्ल, गोविन्द्र खत्री, तिलक बहादुर जिसी, हरि बिकास जिसी लगाएत विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको प्रचारप्रसार उपसमितिका संयोजक कृष्ण जिसीले बताए ।, उनका अनुसार मन्दिर आसपासका क्षेत्रबाट म्याग्दीको सदरमुकाम बेनी लगाएत आसपासका क्षेत्र समेत देखिन भएकाले पनि पर्यटकीय गन्तब्य बनाउन सकिने बताए ।

प्यूठान जिल्लामा अवस्थित स्वर्गाद्धारीबाट आएका तपस्वीहरुको कर्मभू िर तपोभूमिको रुपमा चिनिएको मन्दिरलाई बि.श १९९४ मा स्थानीयको समान्य मन्दिर बनाइएको थियो ।महायज्ञको पहिलोदिन एनआरएनए आइसीसीका उपाध्यक्ष कुल आचार्यले १ लाख ५५ हजार, जलजला गाउँपालिका १ लाख, अमेरिकामा रहेका स्थानीय किसन भण्डारीका परिवारले ९७ हजार दान गरेका थिए ।महायज्ञमा पण्डित भिमनाथ पराजुली प्रमुख र सहायक मुरारी पौडेल सहायक बाचक रहेका छन् । महायज्ञ मुल आयोजक समितिका संयोजक सु. शेरबहादुर खत्रीको अध्यक्षता, वडा अध्यक्ष तिलक बहादुर जिसीको स्वागत र चित्रनाथ रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो । महायज्ञ पुष १२ गतेसम्म सञ्चालन हुनेछ ।