गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको बुधबार राति मृत्यु भएको परिवारले जनाएको छ । ४६ वर्षिय घर्तीको उपचारको क्रममा भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मृत्यु भएको परिवारिक श्रोतले बताएको छ ।

एयर एम्बुलेन्सबाट एपोलोे अस्पताल पु¥याईए पछि सांसद घर्तीलाई अस्पतालको लिभर आइसियुमा राखि उपचार सुरु गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो । घर्तीको बुधबार राति १ बजे नै अस्पतालका डाक्टरहरुले मृत्यु भएको घोषणा गरेको बताइएको छ । घर्तीलार्ई बिहिबार साँझ ८ बजे दिल्लीबाट नेपाल ल्याइने बताईएको छ । घर्तीको १७ दिनसम्म काठमाडौँ स्थित ग्राण्डी अस्पतालको आईसीयुमा राखि उपचार गरिए पनि थप उपचारको लागि दिल्ली लगिएको थियो ।

घर्ती बागलुङको निर्वाचन क्षेत्र न. २ ‘ख’मा वामगठबन्धनबाट निर्वाचित सांसद हुन् । उनी कलेजो सम्बन्धी रोगबाट ग्रसित रहेको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

उनी राष्ट्रिय जनमोर्चाको जनवर्गीय संगठन अखिल नेपाल युवक संघ बागलुङको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, सल्लाहकार हुँदै राष्ट्रिय जनमोर्चाको जिल्ला सदस्य भएर काम गरेका थिए । घर्र्ती हक्की, निडर स्वभावका कारण युवाहरु बिच ज्यादा प्रिय मानिन्थे ।