बागलुङ, २६ मंसिर–जिल्लाको काठेखोला गाउँपालिका—४ युवा मनबहादुर थापा दुई दिनदेखि वेपत्ता भएका छन् । काठेखोला—४ साविक तंग्राम गाविस वडा नम्बर—६ साँकोट घर भई हाल काठेखोला—१ अक्षेतेमा बस्ने २२ वर्षीय मनबहादुर मंगलबार विहान देखि वेपत्ता भएको परिवारले जनाएको छ । उनको केही समय देखि मानसिक समस्या देखिएको बताईको छ । मंगलबार बिहान ९ बजेतिर बागलुङ बजार आउने भनि घरबाट निस्केपछि सम्पर्क विहीन भएको बाबु नन्दे थापाले बताए ।

खैरो कोट, कालो पाईन्ट र कालो जुत्ता लगाएर घरबाट निस्केपछि परिवार र आफन्तको सम्पर्कमा नआएपछि प्रहरीलाई जानकारी गराएर खोज्दा पनि फेला पार्न नसकिए उनका आफन्त मनिष थापाले बताए । मानसिक समस्या भएका थापाको घरमै उपचार भैरहेको अवस्थामा वेपत्ता भएकाले कसैले भेटेमा प्रहरी कार्यालय वा परिवार आफन्तलाई ९८४७६५५८५३ जानकारी गराईदिन परिवारले आग्रह गरेको छ ।