याे जाँडो महिनामा ओठ फुटेर हैरान भएकाे हुन्छ । यस्ताे भएमा ओठमा लिपबाम दल्ने गर्नुपर्छ ।  भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु एकदम राम्रो हुन्छ । फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ ।

यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ । चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने ग¥यो भने मृत छाला हट्छ र ओठ सुन्दर बन्छ ।  यसका लागि दाँत माझ्ने ब्रसले बिस्तारै ओठ सफा गर्न पनि सकिन्छ । यसरी सफा गरेपछि लिपबाम प्रयोग गर्न बिर्सनु हुँदैन ।ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नु हुँदैन । नत्र घाउ लाग्न सक्छ । जाडो मौसमा लिपस्टिक लगाउनुअघि ओठमा लिपबाम लगाई सुक्न दिनुपर्छ र त्यसमाथि लिपस्टिक लगाउनुपर्छ ।