चितवनको खैरहनीका सामाजिक अभियन्ता मुरलीप्रसाद गजुरेल काठमाडौमा सम्मानित भएका छन् । राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको आयोजनामा भएको एक कार्यक्रमकाबीच प्रमुख अतिथी संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालवावु पण्डितले गजुरेललाई दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरे । काठमाडौको भृकुटीमण्डपमा भएको विषेश व्यक्ती सम्मान तथा अपाङ्ग सहायक सामाग्री वितरण कार्यक्रममा उनलाई सम्मान गरिएको थियो ।

गजुरेलले चितवनको खैरहनी माविमा जन्मोत्सव तथा स्मृती अक्षय कोष स्थापना गरेर गरिव,जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गर्दै आएका छन् । कोषमा १ करोड पुर्याउने उनको लक्ष्य छ । वि.स. २०६७ सालमा उनले एक्लो प्रयासमा कोष स्थापना गरेका थिए । सो कोषमा हाल सम्म करिव ८८ लाख रुपैया संकलन भईसकेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल भएकै कारण उनी केही महिना अघि काठमाडौ अर्थमन्त्री युवराज खतिवडाको हातबाट पनि सम्मानित भएका थिए । गजुरेलले म्याग्दीमा पुजा खत्री र खवराकी सन्ध्याका अभियानमा समेत सहयोग जुटाएका थिए ।