पर्वत जलजला गाउँपालिका-३, माझफाँट देखि ५, नम्बर वडा लेकफाँट जोड्ने ग्रामिण सडक कालोपत्रे गरिएको छ । म्याग्दी जिल्लाको माझफाँट-लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका-८ नागी-राम्चे जोड्ने सडक योजनाको माझफाँट-लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्र भएको छ।
सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका-३ माझफाँटको भुरतुलादेखि वडा नं ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो।
दुई लेनको यो सडकको एक किलोमिटर ४०० मिटर ढलान भएको छ। ट्र्याक खुलेको १५ वर्षपछि सडक कालोपत्र र ढलान गरिएको हो। जलजला गाउँपालिकाले पनि बेनीदेखि भुरतुलासम्मको दुई किलोमिटर सडक स्तरोन्नति गरेको छ। रासस