बालमन्दिर माविको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

म्याग्दीको बेनी नगरपालिका–८, कालीपुल स्थित बालमन्दिर माध्यमिक विद्यालयले ५४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता र शिक्षक गिता सुवेदीको सञ्चालनमा विहिबार सम्पन्न कार्यक्रममा प्रअ सुरेन्द्रप्रसाद केसीले शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस वर्षदेखि एसइई परिक्षामा बालमन्दिरका विद्यार्थी सहभागी हुन थालेका छन् ।

नगर प्रमुख केसीले विद्यालयलाई वार्षिकोत्सवको शुभकामना दिनुभयो । उहाँले विद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्न विद्यार्थी ,शिक्षक , अभिभावक र सरकार सबैको भुमिका उत्तिकै महत्वपुर्ण हुनेमा जोड दिनुभयो । नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर नगरपालिकाले विभिन्न कार्यक्रम संचालन र पुर्वाधार क्षेत्रको विकास गरे पनि लगानी अनुसारको उपलब्धी हासिल नभएको उहाँको भनाइ थियो ।

हाल दुई सय ७२ जना विद्यार्थी रहेको बालमन्दिरमा पछिल्लो समय विद्यार्थी संख्या बढेको छ । १८ जना शिक्षक कर्मचारी मध्य चार जना शिक्षक र एक जना सुरक्षा गार्ड निजी स्रोतका छन् । कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछाने, पुर्व नगरप्रमुख हरिकुमार श्रेष्ठ, वडा नमबर–८, का अध्यक्ष उत्तम कर्माचार्य, वडा नम्बर –७ ,का अध्यक्ष रमेशकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो । शिक्षक र विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए  । विब्यस अध्यक्ष सुरेन्द्रप्रसाद शर्माको अध्यक्षता, प्रअ केसीको स्वागत तथा सञ्चालन सहायक प्रअ गिता सुबेदीले गर्नुभएको थियो ।