प्रथम एसियाली सिएच आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा म्याग्दीबाट सहभागि भएका दुई खेलाडीले रजत पदक जितेका छन् । जेठ ११–१३ गते सम्म ललितपुरमा भएको प्रतियोगितामा ७१–७६ तौल समुहमा दिपसन बुढाथोकी र ५७–६२ तौल समुहमा सबिना विकले कास्य पदक जितेका हुन।

बिक मालिका गाउँपालिका–६ दरबाङ निवासी हाल जनप्रिय माविकी कक्षा १० की विद्यार्थी हुन् भने बुढाथोकी मंगला गाउँपालिका वडा नं ५ पोक घर भई हाल काठमाण्डौमा अध्ययनरत छन् । प्रतियोगितामा देशभरबाट ६ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

विभिन्न चरणमा उत्कृष्ट भएका बुढाथोकी र श्रीपाली रजत पदक जितेका हुन् । म्याग्दीको दरबाङमा आईटीएफ तेक्वान्दोको नियमित प्रशिक्षणका साथै जिल्लाकै उच्च क्षेत्रमा समेत हिमाली हावापानीमा समेत प्रशिक्षण सहित तालिम सञ्चालन हुने गरेको छ ।

Leave a Reply