पोलियोविरुद्धको खोप अभियानको पहिलो र दोस्रो दिन उत्साहजनक सहभागिता देखिएको छ। स्वास्थ्य कार्यालय म्याग्दीले आठ वर्षमुनिका बालबालिकालाई विद्यालयमै पुग आइतबार र सोमबार २४ सय ७६ जना बालबालिकाले खोप लगाइएको हो।

बेनी नगरपालिका र पाँच गाउँपालिकामा ४३ सय ६२ जना बालबालिकामा यो ५१ प्रतिशत रहेको खोप सुपरभाइजर बिरेन्द्रकुमार चौधरीले बताए। ‘पहिलो र दोस्रो दिनमै उत्साहजनक सहभागिता देखियो, सतप्रतिशत खोप लगाउने गरी स्वास्थ्यकर्मी परिचालन गरिएको छ’ चौधरीले भने ।

जेठ १३ देखि १९ गतेसम्म जिल्लाभित्रका सबै लक्षित बालबालिकालाई खोप लगाइने खोप सुपरभाइजर चौधरीको भनाई छ । उनका अनु्सार मंगलबार गणतन्त्र दिवसको दिन विद्यालय बन्द भएपनि अन्नपूर्ण गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको थियो ।

खोप अभियानमा विद्यालयबाहिरका बालबालिका भने छुट्न सक्ने भएकाले खोप अभियान अवधिभर नियमित विद्यार्थी विद्यालय पठाउन तथा बिरामी भएमा नजिकैको खोप केन्द्रमा लैजान समेत अभिभावलाई अनुरोध गरिएको छ । विद्यालयबाहिरका बालबालिका खोप लिनबाट नछुट्ने वातावरण सिर्जना गर्न जनप्रतिनिधि, समुदायस्तरका संघसंस्थालाई समेत सहकार्यको वातावरण बनाइएको छ ।

२०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मेका बालबालिकालाई सो अवधिमा सुईबाट दिइने पोलियो खोपको उत्पादनमा कम भएपछि नेपालमा पनि सबै बालबालिकाले खोप लगाउन पाएका थिएनन्। कुनै वर्ष आंशिक र कुनै वर्ष एकजनाले पनि लगाउन नपाएको अवस्था थियो। पोलियो भाइरस पी १ पी २ र पी ३ गरी तीन प्रकारका हुन्छन् र तिन वटै भाइरसबाट पोलियो रोग हुनसक्छ ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मजदुरी गर्ने र खोपको महत्व नबुझेकाहरु छुट्न सक्ने भएकाले विद्यालयबाहिरका बालबालिका खोप लिन आए दिने ब्यवस्था मिलाइएको बताए । उनले विद्यालयबाहिरका बालबालिकालाई पनि खोप दिए खोप केन्द्र थाहा नपाएर या पायक नपरेरर खोप लिनबाट छुट्ने सम्भावना कम हुने बताए ।

‘कतिपय बालबालिका लामो समयसम्म विद्यालयमा नगएका पनि हुनसक्छन्,विद्यालयबाट टाढा पुगेका हुन सक्छन्। यस्तो बेलामा नजिकको स्कुलबाट पनि खोप दिन मिल्ने गरी व्यवस्था मिलाइएको हो,’ प्रमुख थापाले भने । पोलियो विरुद्धको खोप नलिए अहिले पनि रोग लाग्ने जोखिम भएकाले कुनै पनि बालबालिकालाई नछुटाउन बेनी अस्पतालकी निमित्त डा. अञ्जु थापाले आग्रह गरिन् ।

Leave a Reply