म्याग्दीका बेनी नगरपालिका वडा नं २ हाँडेभीरमा सञ्चालित १२ दिने ‘खेल्छ गण्डकी’ महिला भलिबल प्रशिक्षण समापन भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना, म्याग्दी जिल्ला भलिबल संघको ब्यवस्थापन र जिल्ला खेलकुद विकास समिति म्याग्दीको संयोजनमा सञ्चालित प्रशिक्षण आइतबार समापन गरिएको हो ।

गण्डकी प्रदेशमा नयाँ प्रतिभाको खोजी र भएका खेलाडीको क्षमता तिखार्न ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित प्रशिक्षण सफलतापूर्वक सम्पन्न भएको जल्ला भलिबल संघका महासचिव कुमार किसानले बताए । १२ दिने प्रशिक्षणको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले शुभारम्भ गरेका थिए ।

समापन कार्यक्रममा भलिबल संघ म्याग्दीका अध्यक्ष एवम् प्रशिक्षक तेजेन्द्र बाँनियाले गण्डकीमा महिला खेलाडीहरुलाई उत्प्रेरणा जगाउन प्रशिक्षण सफल भएको बताए । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लामो समयसम्म प्रशिक्षणमा राखेर उनीहरूको सीपलाई खेलमार्फत नतिजा निकाल्ने, नयाँनयाँ प्रतिभा खोजी गरी अवसर दिने, खेलवृत्तमा गण्डकी प्रदेशको गौरव बढाउने खेलाडी तयार पार्ने लक्ष्य रहेको छ ।प्रशिक्षणमा ८ जिल्लाका ३० महिला खेलाडीको सहभागिता रहेको छ । प्रशिक्षक तेजेन्द्र बानियाँ, मलिन रोका, ब्यवस्थापनमा कुमार किसान र राजिन पुरी रहेका थिए ।

Leave a Reply