म्याग्दीको मंगला गाउँपालिका-२,खुम्लियाको पुरानो बरपिपलको चौतारी पुनःनिर्माण तथा संरक्षण सुरू भएको छ । सिम-कुहुँ-टोड्के जोड्ने सडकखण्डको खुम्लियामा करिब १ सय बर्ष अगाडी निर्मित पिपलको चौतारी आवश्यक संरक्षणको अभावमा अलपत्र परेको समाचार बेनीअनलाइनबाट सार्वजनिक भएपछि चौतारीलाई नयाँ स्वरुपमा मर्मत तथा बर–पिपल रोपणको अभिायन सुरू भएको हो ।

स्वर्गीय मानबहादुर घर्ती मगरले निर्मित गरेको चौतारी जिर्ण भएको र पिपलको रूख सुकेपछि प्रयोगविहिन बनेको अवस्थामा खुम्लिया यूवा क्लवको सक्रियता र चौतारी निर्माताकर्ताको परिवारको सदस्यले पुननिर्माण सुरु गरेको क्लवका उपाध्यक्ष तेजेन्द्र आचार्यले बताए ।

उनका अनुसार चौतारी, बर र पिपल स्वर्गीय मानबहादुरको परिवारले  पुननिर्माण गर्ने र प्रतिक्षालय सहितका संरचनाहरु क्लवले बनाउने छ। गाउँका ७९ बर्षिया हरिबहादुर घर्ती मगरले तत्कालिन समयमा भरिया र बटुवा, घाँसदाउराका लागि बनजंगलमा जाने स्थानीयबासीलाई लक्षित बनाइएको थियो ।

आफुँ जन्मिनुभन्दा २५ बर्ष अगाडी बनेको जानकारी समेत रहेको बताए । तत्कालिन समयमा टोड्केमा रहेको स्वर्गाद्धारीको शाखा आश्रमबाट पैदल हिडेर पश्चिम म्याग्दी हुदै बागलुङबाट प्युठानको स्वर्गद्धारीमा जाने धार्मिक भक्तजनहरुले चौतारी आसपासमा भोजन गर्ने स्थल बनाएर समेत बस्ने गरेका थिए । चौतारी नजिकैको डिलबाट म्याग्दी नदी, ताराखेत, बरंजाको सातविसे लगायतका बस्तीहरु देखिन्छ ।

Leave a Reply