म्याग्दीको प्रशिद्ध धार्मिक स्थल मालिका मन्दिरमा यही जेठ १० गते परेको चण्डी पूर्णिमामा भाकल र पूजाआजाका लागि आउने भक्तजनहरुको सुविधाका लागि करिव रु १८ लाखको लागतमा मालिकाको धुरीमा खानेपानीको व्यवस्था गरिएको छ।

समुद्र सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित म्याग्दीको प्रशिद्ध धार्मिक स्थल मालिकाको धुरीमा दुई किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत पानी ल्याएर भक्तजनहरुलाई खानेपानीको व्यवस्था गरिएको हो ।

कुइनेमंगले निवासी भरत छन्त्याल र खिममाया छन्त्यालको व्यक्तिगत रु सात लाख ६५ हजार र रघुगंगा गाउँपालिकाको रु १० लाख गरी रु १७ लाख ६५ हजार र रु ३५ हजार बराबरको स्थानीयको श्रमदानबाट मालिका देउरालीमा खानेपानी पु¥याइएको शितल मालिका युवा क्लका निवर्तमान अध्यक्ष एवम् रघुगंगा गाउँपालिका ६ ठाडाखानीका अगुवा युवा प्रविन छन्त्यालले जानकारी दिनुभयो ।

निवर्तमान अध्यक्ष छन्त्यालका अनुसार मालिका देउरालीबाट दुई किलोमिटर दुरीमा रहेको लिसेखर्क भन्ने ठाउँबाट पाइपमार्फत मालिका देउरालीमा पानी पु¥याइएको हो । यस अघि मालिका मन्दिरमा खानेपानी नहुँदा त्यहाँ पुग्ने भक्तजनहरुले सास्ती व्यहोर्दै आउनुपरेको थियो ।

एक घण्टाको दुरीमा रहेका मूलहरुबाट पानी बोकेर भक्तजनहरु मालिका मन्दिरमा पुग्नुपर्ने अवस्था रहेकोमा देउरालीमा पानी पुगेपछि भक्तजनहरुलाई सुविधा पुगेको छन्त्यालले बताउनुभयो । पानीको मुहान रहेको लिसेखर्कदेखि पानीको धारा राखिएको मालिका देउराली उकालो भूगोलमा दुई किलोमिटर दुरीमा पर्दछ ।

उकालो भएकोले पानी चड्न गाह्रो हुने भएको र लगातार धारोमा पानी नझर्ने भएकोले एकहजार लिटरको ट्याङ्कीमा पानी भर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

मालिका मन्दिर परिसरको धरम पानीसम्म पानी पु¥याउने योजना रहेको भएपनि ठाडै उकालो भएकोले पानी नचडेपछि देउरालीमा धारा राखिएको उहाँले बताउनुभयो ।

ठाडाखानी, हिदी र टोड्केको बाटो हुँदै मालिका मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीहरुलाई देउरालीमा पानी हुँदा निकै सहज हुने रघुगंगा गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष मनकुमार शेरपुंजाले बताउनुभयो । यो समय पानीको श्रोत पर्याप्त नहुदा पानी अनावश्यक खेर नफालिदिनु हुन मालिका खानेपानी समितिले त्यहाँ पुग्ने भक्तजनहरुलाई अनुरोध गरेको छ ।

मालिकाको महिमा मालिका म्याग्दीको ऐतिहासिक धार्मिक स्थल एवम् प्रमुख पर्यटकीय स्थल हो । समुन्द्र सतहदेखि तीन हजार ती सय मिटरको उचाईमा अवस्थित यो मन्दिर विकट भूगोलमा अवस्थित छ ।

जिल्लाको मालिका गाउँपालिकाको वडा नं ६ , ७ र रघुगंगा गाउँपालिकाको वडा नं ६ को सिमानामा रहेको मालिकामा बिशेष गरी चण्डी पुर्णीमा ,जेष्ठी पुर्णिमा, भाइटीका र बाला चर्तुदशिमा पुजाआजा सहित भव्य मेला लाग्ने गर्दछ ।

मालिकाको पुजाआजा ,दर्शन र भाकल गरेमा मनोकाङक्षा पुरा हुने जनविश्वास रहेको छ । विसं १९१० साल देखी पुजा हुँदै आएको मालिकामा वि सं १९६८ देखि मन्दीर निर्माण गरि विधिवत रुपमा पुजाआजा गरिदै आइरहेको मालिका गाउँपालिकाका पूर्व अध्यक्ष एवम् स्थानीय वुद्धिजीवि श्रीप्रसाद रोकाले बताउनुभयो ।

यहाँ पूजा तथा भाकल गर्नका लागि चण्डी पूर्णिमामा देशैभरीबाट भक्तजनहरु आउने गर्दछन् । मगर पुजारीहरुद्धारा गरिने मालिकामा धजामेजा सहित नरिवल तथा परेवा र बोकाको बलि दिइन्छ । मालिका म्याग्दीको ऐतिहासिक एवम् प्रमुख पर्यटकीय स्थल भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भववहादुर भण्डारीले बताउनुभयो ।

मालिकामा आउने भतmजनलाई लक्ष्यित पुुर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । यता मालिका गाउँपालिकाकाले पनि भतmजनलाई लक्ष्यित गरि गाउँपालिकाले गौरबको योजना अन्तर्गत वडा न.७ बिम र वडा नं ६ दुखु हुँदै मालिका जोड्ने सडक निर्माण गरेको छ ।

मालिका धुरीबाट सिस्ने,गुुर्जा,मानापाथी,धौलागिरी,निलगिरी,अन्नपुर्ण,माछापुछ्रे मनास्लु लगायत दर्जनबढी हिमश्रृखला,सुर्याेदय र जिल्ला तथा छिमेकी जिल्लाको बस्तीहरुको अवलोकन गर्न सकिन्छ ।

Leave a Reply