बागलुङको काठेखोला गाउँपालिका-१ खहरे घर भएकी दिलिसा (दिक्षा) भण्डारीको संस्कापद मृत्युलाई लिए भण्डारीका माइती पक्ष, आफन्त र सँगै पढने साथीहरु आन्दोलित भएका छन् । उनको न्यायका लागि भन्दै सडकमा उत्रिँदै आएका छन्।

श्रीमान र सासुले हत्या गरेको माइती पक्षले आरोप

बागलुङ नगरपालिका-१० गलुवा माईत भएकी १८ वर्षीय दिलिसाको श्रीमान र सासुले हत्या गरेको माइती पक्षले आरोप लगाउदै दोसीलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।

खहरेका सुशान्त थापाकी श्रीमती भण्डारीले आफ्नै घरको दोस्रो तलामा काठको बलोमा सलले घाँटीमा पासो लगाई झुण्डीएको अवस्थामा उनका श्रीमानले देखेपछि पासो काटी उपचारको लागि धवलागिरि अस्पताल बागलुङ ल्याइएको थापाले प्रहरीलाई बताएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

श्रीमान थापाले प्रहरीलाई खबर नै नगरि आफै पासो काटे

श्रीमान थापाले प्रहरीलाई खबर नै नगरि आफै पासो काटेर अस्पताल ल्याएका थिए । मंगलबार राति चिकित्सकले ८ः२५ मा भण्डारीलाई मृत घोषणा गरेको थियो ।

उक्त घटनाको बारेमा धवलागिरी अस्पताल बागलुङबाट जानकारी प्राप्त हुनसाथ काठेखोला गाउँपालिका २ दोविल्लामा रहेको प्रहरी चौकीबाट प्रहरी हवल्दार गोपाल कामीको कमाण्डमा २ जनाको प्रहरी टोली अनुसन्धान गर्न घटनास्थल गएको थियो भने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दीपक बाबु केसीको नेतृत्व रहेको सात जनाको टोलि धौलागिरि अस्पताल गएको थियो ।

जेठ १ गते राती ७ बजेर ५० मिनेटमा दिलिसा भण्डारीको आत्माहत्या गरेको भनेपनि माइती पक्षले भने दिलिसाले आत्महत्या गर्नु पर्ने कुनै कारण नभएको र उनको हत्या भएको बताउदै आएको छ।

मृतकको शरीरको विभिन्न अंगमा निल डाम भएकोले हत्या भएको माइती पक्षको दाबी छ ।

Adv

श्रीमान् सुशान्त थापा र सासु उजेली थापा प्रहरी नियन्त्रणमा

मृतकका श्रीमान् १८ वर्षीया सुशान्त थापा र सासु ३६ वर्षीया उजेली थापालाई बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले नयाँ विश्वलाई बताउनु भयो ।

प्रहरीमा कर्तव्य ज्यानमा जाहेरी दरखास्त

मृतकका बुबा देबेन्द्रबहादुर भण्डारीले प्रहरीमा कर्तव्य ज्यानमा जाहेरी दरखास्त दिएको र जिल्ला अदालतले ४ दिनको म्याद दिएको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कँडेलले बताउनु भयो ।

शव पोष्टमार्टमको लागि पोखरा लाने वा धौलागिरि अस्पतालमा गर्ने विषयमा परिवार पक्षबीच सहमति हुन नसकेपछि पोष्टमार्टममा ढिलाई भएको थियो ।

पोखराबाट फोरेन्सिक मेडिसिन विज्ञ टोलि आउदै

आज जिल्ला प्रशासन कार्यालय बागलुङमा भएको छलफलमा मृत्यु संस्कापद देखिएकोले गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट फोरेन्सिक मेडिसिन विज्ञ झिकाएर पोष्टमार्टम गर्ने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिनु भयो ।

भण्डारीको हत्या भएको दावी गर्दै माइती पक्षले निरन्तर आन्दोलन गरिरहेका छन् भने शव धौलागिरि अस्पतालमा राखिएको छ । न्याय माग्दै धौलागिरि अस्पताल परिसरमा विरोधका कार्यक्रम भएपछि जिल्ला प्रहरी कार्यालयले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

श्रीमान र सासुले मानसिक यातना दिने गरेको आरोप

आफ्ना श्रीमान र सासुले आफूलाई मानसिक यातना दिने गरेको छोरीले पहिले देखिनै गुनासो गर्ने गरेको मृतककी आमाको भनाई छ । मृतक भण्डारी बागलुङ नगरपालिका ३ राधाकृष्ण टोलस्थित विद्यामन्दिर माविको कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थी भएको विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले बताउनु भयो ।

भण्डारीले गत मंसिरमा प्रेम विवाह गरेकी थिईन ।उनको मृत्युको पछाडी उनकी नन्दको भनिएको फेसवुक म्यासेन्जरको अडियो र भण्डारीले आफ्नी माइतीको आमालाई पठाएको अडियोको विषयलाई लिएर समाजिक संजालमा चर्को आक्रोश व्यक्त भएको छ ।

न्याय माग्दै पीडित पक्ष सडकमा उत्रिएपछि प्रहरी प्रशासन व्यापक दवावमा

घाँटीमा पासो लगाएको अवस्थामा भेटिएकी दिलिसाको मृत्यु आत्महत्या दुरूत्साहन वा हत्या के थियो उनको न्यायका लागि भन्दै पीडित पक्ष सडकमा उत्रिँदै आएपछि प्रहरी प्रशासनलाई व्यापक दवाव परेको छ ।

Leave a Reply