बेनी नगरपालिका-५ भिरमुनीमा भलिबल खेलमार्फत ग्रामिण खेलकुदको प्रर्वधन गर्ने उदेश्यले आयोजित प्रथम भिरमुनी कपको सुरु भएको छ । भिरमुनी यूवा क्लवको आयोजनामा सुरु भएको प्रतियोगितामा ३१ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको मंगलबार वडा अध्यक्ष गोविन्द बानियाँले उद्घाटन गदैं यूवा क्लवले खेलकुदसँगै सामाजिक एवम् विकास निर्माण क्षेत्रमा समेत सघाउनुपर्ने बताउनुभयो ।

सोही अवसरमा आमा समुहको तर्फबाट राजकुमारी परियार, टोल सुधार पूर्व अध्यक्ष बीरबहादुर खत्री, पौलस्त्य माविका प्रअ प्रेम बानियाँ लगायतले भिरमुनी यूवा क्लवको रचनात्मक कार्यको प्रशंसा गर्नुभएको थियो । प्रतियोगिताको अवसरमा दिपेन्द्र बानियाँलाई नगद ५ हजार सहित सम्मान तथा पूर्व भलिबल खेलाडी, उदयमान खेलाडीलाई सम्मान गरिएको थियो ।

कार्यक्रको अध्यक्षता क्लव अध्यक्ष नविन खत्री, बरिष्ठ उपाध्यक्ष बिक्रम बानियाँको स्वागत र सञ्चालन सुस्मिता बानियाँले गर्नुभएको थियो ।प्रतियोगितामा विजेता र उपविजेताले क्रमश ५१ हजार १११ र ३१ हजार १११, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Leave a Reply