नेपाल पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संस्थागत मर्यादा र ब्यवसायिक निष्ठापूर्वक कार्य गरेको भन्दै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो ।

बुधबार विहान आयोजित साधारणसभा तथा अधिवेशनको अवसरमा गण्डकी प्रदेशसभाका प्रमु्ख डिल्लिराज भट्ट, महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेललाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

पत्रकार महासंघ म्याग्दीले संस्थागत विकास, शुद्धिकरण अभियान र पेशागत हकहितका लागि गरेका कार्यको प्रशंसा गरिएको थियो । गण्डकी प्रदेशका ११ जिल्लामा उत्कृष्ट शाखा भएको पत्रकार महासंघ म्याग्दी शाखा पहिलोपटक प्रदेशमा उत्कृष्ट भएको छ । ‘प्रदेशकै उत्कृष्ट शाखा हुन सबैको योगदान छ,‘ संस्थाको यो गरिमालाई उचाईमा पु¥याउनु छ’ अध्यक्ष पौडेलले भन्नुभयो ।

बि.स २०६३ सालमा स्थापाना भएको शाखा निवर्तमान अध्यक्ष तारानाथ शर्माको कार्यकालमा बेनी नगरपालिकासँग समन्वय गरी जग्गा ब्यवस्थापन गरेको थियो भने अध्यक्ष पौडेलको नेतृत्वमा संरचना बनाएर आफ्नै भवनबाट कार्यसम्पादन गरिरहेको छ ।

Leave a Reply