म्याग्दीमा राष्ट्रिय दलित पत्रकार संघको शाखा विस्तार र कार्यसमिति चयन भएको छ । बेनीमा रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको कार्यालयमा सम्पन्न भएको संघको प्रथम भेलाबाट दलप्रसाद वि.क. (अमित) को अध्यक्षतामा ७ सदस्यीय कार्यसमिती गठन भएको हो ।

समितीको उपाध्यक्षमा गोकुल सुनार, सचिवमा बादल शाही, सह सचिव राजकुमार परियार, कोषाध्यक्ष सुप्रेना किसान, सदस्यहरुमा दुर्गा श्रीपाली र श्रेया किसान चयन हुनुभएको छ । भुपेन्द्र नेपाली र विमला परियार केन्द्रीय प्रतिनिधिहरुमा चयन हुनुभएको छ ।

कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले उत्पीडनमा परेका दलित समुदायका विषयहरुलाई सञ्चार माध्यमहरुमा बलियो तवरले उठाउन दलित पत्रकार संघले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकारिता पेशाप्रति आकर्षण बढाउन र पत्रकारहरुको क्षमता विकासका लागि पत्रकार महासंघले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको पौडेलले बताउनुभयो । राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय प्रतिनिधि अमिर रामदामले देशभर ८ सय दलित पत्रकारहरु क्रियाशिल भएको बताउनुभयो ।

उत्पीडनमा परेको दलित समुदायका समस्याहरुलाई पत्रकारिता मार्फत नीति निर्माण गर्ने निकाय सम्म पु¥याउन दलित पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको उहाँको विश्वास छ । दलित समुदायको पत्रकारितामा पहुँच विस्तार गर्नु र संगठित भइ दलितका मुद्दा उठान गराउन संगठन आवश्यक भएकाले देशभर दलित पत्रकारहरुलाई गोलबन्ध गर्ने अभियान संचालन गरिएको उहाँको भनाइ छ ।

सात प्रदेश र ५५ जिल्लामा दलित पत्रकार संघ गठन गरी करिब १५ सय पत्रकारहरु संघमा संगठित भएको उहाँले जानकारी दिनुभयो । भेलामा दलित आन्दोलनका अगुवा तथा बेनीका व्यवसायी जिवनबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सल्लाहकार ठाकुरप्रसाद आचार्य,प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री र दलित युवा याम किसानले दलितहरुका समस्या र विषयवस्तुहरुलाई पत्रकारहरुले महत्व दिएर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Leave a Reply