१४ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा म्याग्दीकी प्रकृति रन्तिजा मगरले काँस्य पदक जितेकी छन् । म्याग्दीबाट गण्डकी प्रदेशका लागि छनौट भएकी रन्तिजाले काठमाण्डौमा आयोजित प्रतियोगितामा तृतिय भएको जिल्ला खेलकुद विकास समितिका खेल प्रशिक्षक कर्ण प्रधानले बताए ।

मार्सल आर्ट विधाको तेक्वान्डो खेलमा रन्तिजाले यसअगाडी समेत जिल्ला, प्रदेशस्तरमा समेत पदक जितेकी थिइन् । तेक्वान्डोमा रन्तिजाको सम्भावना उच्च भएकाले आवश्यक प्रशिक्षण भएमा भविस्यमा राष्ट्रिय खेलमा समेत थप सफलता प्राप्त प्रशिक्षक प्रधानको भनाई छ । प्रतियोगितामा म्याग्दीबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गदैं सहभागी भएको छात्रछात्रा भलिबलमा रजत पदक जितेको छ ।

Leave a Reply