म्याग्दी जिल्लामा मगर जातिको उत्पत्ती, दर्शन र मगराज सभ्यताको अध्ययन गरिने भएको छ । नेपाल मगर संघ केन्द्रिय समितिको आयोजना र नेपाल मगर संघ जिल्ला समन्वय समितिको संयोजनमा पहिलो चरणमा रघुगंगा, मालिका र धवलागिरी गाउँपालिकामा अधययन गरिने भएको हो ।

मगर बाहुल्यता जिल्ला म्याग्दीमा बैशाख १० गते रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानीबाट गरिने नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकेश पुनमगरले बताए । बैशाख १० गते पाखापानी पुग्ने टोलीले बैशाख ११ गते दरबार भग्नाबशेष, अन्तरक्रिया कार्यक्रम गर्ने छ ।

त्यस्तै सोही दिन मालिका गाउँपालिका वडा नं ५ देविस्थान, धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा १२ गते कार्यक्रम गर्ने बताइएको छ । कुल नेपालको जनसङ्ख्याको दृष्टिकोणले नेपालको तेस्रो ठूलो तथा आदिवासी जनजाति समुदायको पहिलो जाति मगर जाति भाषा, भेषभूषा, कला, संस्कृति र चाडपर्वको विविधताले सम्पन्न जाति हो ।

Leave a Reply